वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने प्रचार सामग्री तीन दिनभित्र हटाउन निर्देशन « Khabarhub

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने प्रचार सामग्री तीन दिनभित्र हटाउन निर्देशन


२७ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने उद्देश्यले राखिएका प्रचार प्रसार गर्ने बोर्ड, होर्डिङ बोर्ड, फ्लेक्स बोर्ड, भित्ते लेखनलगायतका सामग्री तीन दिनभित्रमा हटाउन सम्बन्धित सबै व्यवसायी, साइबर, संस्था तथा व्यक्तिहरूलाई निर्देशन दिएको छ । अन्यथा वैदेशिक रोजगार ऐन, २०६४ तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गर्ने विभागले जनाएको छ ।

विभागले आज सूचना जारी गरी श्रम स्वीकृतिसम्बन्धी कार्य प्रचलित कानुन बमोजिम वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयहरुबाट मात्र हुने व्यवस्था रहेको उल्लेख गर्दै सो काममा भ्रम सिर्जना गर्ने गरी हुने गरेका त्यस्ता लेखन तथा प्रचारप्रसार तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

‘विभागको कार्यालय प्रवेश गर्ने बाटो वरपर तथा अन्य स्थानमासमेत रहेका केही साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य संस्थाहरूले ‘यहाँ श्रम गरिन्छ’ वा ‘श्रम स्वीकृति सम्बन्धी कार्य गरिन्छ’ वा ‘श्रम अनलाइन फाराम भरिन्छ’ वा यस्तै अन्य ‘श्रम’ शब्दको प्रयोग गरी प्रचार–प्रसार गरी वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने, आकर्षण गर्ने, रकम असुल गर्ने वा बिचौलियाको रूपमा समेत कार्य गर्ने भन्ने गुनासो तथा जानकारी प्राप्त भएकोमा यस विभागको ध्यानाकर्षण भएको छ’, सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ८ : २७ बजे

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने