अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची « Khabarhub

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची


२८ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले अमेरिकासँग वार्ता गर्न लागेको स्पष्ट पारेका छन् । उनले अमेरिकाले विगतमा गरेका वाचाहरू बारम्बार तोडेको र कूटनीतिक मूल्य र मान्यतालाई धोका दिएको आरोप समेत लगाएका छन् ।

जर्मन समकक्षी जोहान वाडेफुलसँगको कुराकानीका क्रममा उनले यस्तो बताएको इरानको मेहर समाचार संस्थाले जनाएको छ । अराघचीले इरानी जनताको अधिकार र राष्ट्रिय हितको रक्षाका लागि आफूहरू पूर्ण शक्ति लगाएर लड्ने दृढता व्यक्त गरेका छन् ।

अमेरिकाले विगतमा देखाएको व्यवहारका कारण वार्ताप्रति आफूहरू सशंकित भए पनि जनताको पक्षमा उभिन आफू पछि नहट्ने उनको भनाइ छ ।

शनिबार अमेरिकासँग शान्ति वार्ता गर्न अराघचीसहितको टोली पाकिस्तानको राजधानी इस्लामावाद पुगेको छ । वार्तामा सहभागी हुन विदेशमन्त्री अराघचीसँगै इरानी संसदका सभामुख मोहम्मद बघेर कलिबाफ पनि इस्लामावाद पुगिसकेका छन् ।

अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भान्स लगायतको प्रतिनिधिमण्डल पनि वार्तामा सहभागी हुन त्यहाँ पुगेका छन् । यो वार्तासँगै दुई देशबीच करिब डेढ महिनादेखि जारी द्वन्द्व अन्त्य हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०८२, शनिबार  २ : ५२ बजे

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र