चर्को आलोचनापछि स्वास्थ्यको कारण देखाउँदै सरकारले छोड्यो युट्युबर रोशनलाई « Khabarhub

चर्को आलोचनापछि स्वास्थ्यको कारण देखाउँदै सरकारले छोड्यो युट्युबर रोशनलाई


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युट्युबर रोशन पोख्रेल रिहा भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहलाई अश्लील र आपत्तिजनक शब्दसहित गाली गरेको आरोपमा पक्राउ उनलाई आइतबार रिहा गरिएको हो ।

प्रधानमन्त्री शाहलाई गालीगलाैज गरेको आरोपमा पाँचथर प्रहरीले फाल्गुनन्द गाउँपालिकादेखि पक्राउ गरेर अदालतबाट म्यादसमेत लिइएको थियो । तर उनको स्वास्थ्यमा समस्या भएको भन्दै प्रहरीले हाजिर जमानीमा हिरासतमुक्त गरेको हो ।

गत बिहीबार फाल्गुनन्द गाउँपालिकाबाट समातिएका उनलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले आइतबार हजुरआमा र काकाको जिम्मा लगाएको हो ।

उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको आरोप लगाइएको थियो। त्यही मुद्दामा अनुसन्धानका लागि जिल्ला अदालत पाँचथरले १० दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।

हिरासतमा राखिएका समयमा उनको स्वास्थ्यमा समस्या भएपछि हाजिरी जमानीमा छाड्ने निर्णय गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रामचन्द्र साहले बताए ।

जिल्ला अदालत पाँचथरबाट १० दिन म्याद लिएर अनुसन्धान अघि बढाएको अवस्थामा गाली गरेकै आरोपमा पक्राउ गरिएको भन्दै जेन-जीसहितले सरकारको आलोचना गरेका थिए । हाजिर जमानीमा रिहा भए पनि पोखरेलविरुद्धको मुद्दा भने अघि बढ्ने जानकारी साहले दिए । म्याद थप भइसकेकाले उनी हिरासत बाहिर गए पनि मुद्दा चल्ने प्रहरीले जनाएको छ ।

उनको पक्राउको विषयलाई लिएर जेन-जी मुभमेन्ट नेपालले कडा आपत्ति जनाएको थियो । जेन-जीहरू तनुजा पाण्डे र भावना राउले पनि बालेन्द्र सरकारको तीखो आलोचना गरेका थिए ।

जेन-जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले आइतबार विज्ञप्ति जारी गर्दै अभिव्यक्तिकै आधारमा गरिएको यो पक्राउ गलत र आपत्तिजनक भएको बताएका थिए ।

अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै यसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार भएको उनीहरूको भनाइ थियो । विचार र अभिव्यक्तिलाई अपराधका रूपमा लिने प्रवृत्तिले लोकतन्त्र कमजोर बनाउने चेतावनीसमेत दिइएपछि रोशन छुटेका हुन् ।

जेन-जी मुभमेन्ट नेपालले पोख्रेललाई तत्काल रिहा गर्न माग गर्दै नागरिकको बोल्ने अधिकारको संरक्षण गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्नेमा जोड दिएको थियो । अन्तत: सबैको दबाबले शक्तिशाली सरकारले पनि रोशनलाई रिहा गर्न बाध्य भएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ४ : ४५ बजे

महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा

हिमालयन रिइन्सुरेन्स शेयर कारोबार : पौने ४ अर्बको मुद्दामा ऋषिराज मोरसँग मागियो १ करोड धरौटी

काठमाडौं- विशेष अदालतले हिमालयन रिइन्सुरेन्सको शेयर कारोबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण

मध्यपूर्व तनावबीच इरानी विद्यालय बन्द गर्न कुवेतको आदेश

कुवेत- कुवेत सरकारले देशमा सञ्चालित एक मात्र इरानी विद्यालय बन्द गर्न

कमल नगर अस्पतालमा भिडियो एक्स-रे सेवा विस्तार

भद्रपुर– कमल नगर अस्पतालमा अब विशेषज्ञ रेडियोलोजिष्टमार्फत नियमित भिडियो एक्स-रे

कफिनमा फर्किए शिखर चुम्न गएका कीर्तिमानी युक्त (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानको ब्रड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर निधन भएका पर्वतारोही