मोदीलाई ट्रम्पको फोन, के भयो कुराकानी ? « Khabarhub

मोदीलाई ट्रम्पको फोन, के भयो कुराकानी ?


१ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेका छन्।

मोदीले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार ट्रम्पले फोन गरेर द्विपक्षीय सम्बन्ध तथा होर्मुज स्ट्रेटसहित विभिन्न विषयमा कुरा गरेका हुन्।

‘मलाई मेरा मित्र राष्ट्रपति डोनाल्ड ट्रम्पको फोन आयो। हामीले विभिन्न क्षेत्रमा हाम्रो द्विपक्षीय सहयोगमा भएका उल्लेखनीय प्रगतिको समीक्षा गर्‍यौँ’, मोदीले एक्समा लेखेका छन्, ‘हामी सबै क्षेत्रमा हाम्रो व्यापक विश्वव्यापी रणनीतिक साझेदारीलाई अझ बलियो बनाउन प्रतिबद्ध छौँ। हामीले पश्चिम एसियाको अवस्थाबारे पनि छलफल गर्‍यौँ र होर्मुज स्ट्रेट खुला र सुरक्षित राख्नुपर्ने आवश्यकतामा जोड दियौँ।’

गत शनिबार पाकिस्तानमा अमेरिका र इरानबिच भएको वार्ता निष्कर्षहीन भएपछि अमेरिकाले होर्मुज स्ट्रेटमा नाकाबन्दी लगाएको छ।

इरानी क्षेत्रमा पर्ने होर्मुज स्ट्रेट भएर विश्वव्यापी ऊर्जा व्यापारको २० प्रतिशत ढुवानी हुन्छ।

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलबार  १० : ४३ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी