सामुदायिक विद्यालयमा छ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा « Khabarhub

सामुदायिक विद्यालयमा छ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा


४ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वालिङ– भिरकोट नगरपालिका–८ नम्बर वडा कार्यालयले यहाँका ११ सामुदायिक विद्यालयमा अध्ययनरत ६०० जना विद्यार्थीको  स्वास्थ्य बिमा गर्न थालेको छ । 

यही वैशाख १ गतेदेखि वडाले बालमैत्री शीर्षकअन्तर्गत बाल कक्षादेखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीलाई एक लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गर्न सुरु गरेको हो ।

वडाध्यक्ष नन्दलाल खनालका अनुसार वडाका सामुदायिक विद्यालयमा नर्सरीदेखि  कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई वडाले जन्मदर्ताका आधारमा हरेक विद्यार्थीको एक लाख बराबरको स्वास्थ्य बिमा गर्न प्रारम्भ गरेको हो । 

उनले भने, ‘८ नं वडा भएको भिरकोट नगरपालिकाभित्रका जुनसुकै सामुदायिक वा संस्थागत विद्यालयमा अध्ययन गरे तापनि वडाले निशुल्क स्वास्थ्य बिमा गरिदिने भएको हो ।’

स्वास्थ्य बिमा लागू भएका अस्पतालबाट बिमाअनुसार नै उपचार हुने र अन्य अस्पतालहरूमा उपचारको रसिदका आधारमा भुक्तानी हुने उनले जानकारी दिए । यो वडाले जन्मदर्ता प्रोत्साहन गर्न बच्चा जन्मेपछि खाता खोलेर पाँच हजार जम्मा गरिदिँदै आएको छ । 
 

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  १२ : ३० बजे

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल