ट्रम्प धेरै बोल्छन् : इरानी उपविदेशमन्त्री « Khabarhub

ट्रम्प धेरै बोल्छन् : इरानी उपविदेशमन्त्री


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानी उपविदेशमन्त्री सइद खातिबजादेहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो टिप्पणीको कडा आलोचना गर्दै उनले ‘धेरै बोल्ने’ गरेको बताएका छन् । टर्कीमा आयोजित अन्टाल्या कूटनीतिक मञ्चमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै खातिबजादेहले ट्रम्पका भनाइहरू विरोधाभासपूर्ण हुने गरेको टिप्पणी गरे ।

आगामी बुधबारसम्म कुनै सम्झौता नभए अमेरिकाले पुनः ‘बम खसाल्न सुरु गर्ने’ भन्ने ट्रम्पको चेतावनीबारे सोधिएको प्रश्नमा उनले भने, “उनले एउटै वक्तव्यमा परस्पर विरोधी कुराहरू गरिरहेका छन्, उनले वास्तवमा के भन्न खोजेका हुन् भन्ने नै स्पष्ट छैन ।”

खातिबजादेहले युद्धले कुनै पनि सकारात्मक नतिजा ल्याउन नसक्ने इरानको विश्वास रहेको प्रस्ट पारे । यद्यपि, यदि इरानमाथि आक्रमण भएमा देशको रक्षाका लागि आफूहरू सधैँ तयार रहेको पनि उनले उल्लेख गरे । उनले इरानले आफ्नो अस्तित्वको लडाइँ अन्तिम सिपाही रहेसम्म लड्ने चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ४ : ३८ बजे

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९

आपत्कालीन अवस्थामा रोकथाम, तयारी र प्रतिकार्य केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले महामारी तथा जनस्वास्थ्य आपतकालको रोकथाम, तयारी र