तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान « Khabarhub

तरकारीमा विषादी प्रयोगबारे सचेत बन्दै किसान


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेमा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्दै आएका किसान विषादी प्रयोगबारे सचेत बन्दै गएका छन् । नेपालगन्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकोमा यो वर्ष हालसम्म फेला परेको छैन ।

कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै गएका छन् । भारतबाट आउने तरकारीलाई भन्सारमा खाद्य प्रविधि गुण नियन्त्रण विभागले परीक्षण गर्ने र रानी तलाउ तरकारी बजारमा पुनः नमूना परीक्षण गर्ने गरिएको छ । रानी तलाउ तरकारी बजारमा सार्वजनिक बिदाको दिनबाहेक प्रायः दैनिक रूपमा परीक्षण हुने गरेको अध्यक्ष थापा क्षेत्रीले बताए ।

बेमौसमी तरकारी उत्पादन गर्न किसानले विषादीको मात्रा धेरै प्रयोग गर्ने गरेका छन् । पुस–माघको मौसमी सागमा विषादीको मात्रा नदेखिए पनि अहिले कीराबाट बचाउन किसानले विषादी प्रयोग गरेको हुनसक्ने आशङ्कामा बेमौसमी तरकारीमा विषादीको अवशेष नमूना जाँचमा चासो दिने गरेको अध्यक्ष थापा क्षेत्रीले बताए । रानी तलाउ तरकारी बजारमा अहिले जिल्लाकै किसानले उत्पादन गरको तरकारी बिक्रीवितरण भइरहेको छ । भारतबाट आउने तरकारी भन्सार गरेर ल्याउँदा महँगो पर्ने भएकाले नेपालकै तरकारीले बजार पाएको उनले बताए ।

विषादी प्रयोग गरेको तरकारी तुरुन्तै टिपेर बजारमा ल्याउँदा विषादीको मात्रा धेरै देखिने केन्द्रीय कृषि प्रयोगशालाका नेपालगन्जस्थित प्रतिनिधि नायब प्राविधिक सहायक गौरव चौधरीले बताए । उनका अनुसार तरकारी तथा फलफूलजन्य वस्तुको नमूना परीक्षणमा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत भएमा त्यसलाई ‘ग्रीन लेबल’ (उपभोग गर्न मिल्ने), ३५ देखि ४५ प्रतिशत निषेध प्रतिशत पाइएमा त्यसलाई ‘एल्लो लेबल’ (चार–पाँच दिनसम्म क्वारेन्टिनमा राखेर पुनःपरीक्षण गर्दा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत देखिएमा उपभोग गर्न मिल्ने) र ४५ प्रतिशतभन्दा माथि निषेध प्रतिशत देखिएमा त्यसलाई ‘रेड लेबल’ (उपभोग गर्न नमिल्ने) भनेर कैफियत लेखिन्छ ।

विगतमा बाँकेको हिरमिनिया र बाबुगाउँ तथा भारतबाट आयात भएका तरकारीमा बढी मात्रामा विषादी अवशेष भेटिने गरे पनि अहिले सुधार आएको प्रयोगशालाको तथ्याङ्कले देखाएको छ । तरकारी तथा फलफूलजन्य वस्तुमा ‘अर्गानोफस्फेट’ र ‘कार्बामेट’ गरी दुईवटा विषादी समूहको परीक्षण हुने गर्दछ । नेपालगन्जबाट २०७९ मङ्सिरदेखि तरकारी तथा फलफूलजन्य वस्तुको विषादी नमूना परीक्षण सुरु गरिएको हो ।

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ६ : ०२ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी