छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका « Khabarhub

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका


१३ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले ‘छोरीबुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम कार्यान्वयन गरेको छ ।

नगर क्षेत्रका जेहेन्दार, दलित, विपन्न वर्गका छोरीबुहारीलाई उच्च शिक्षा अध्ययनमा सघाउन नगरपालिकाले उक्त कार्यक्रम कार्यान्वयन गरेको हो ।

कार्यक्रमअन्तर्गत प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार एमबिबिएस अध्ययन गर्न दुई जनालाई जनही दुई लाख र इन्जिनियरिङ पढ्न तीन जनालाई जनही एक लाख रुपैयाँ छात्रवृत्तिस्वरुप प्रदान गरिनेछ ।

त्यसैगरी, नर्सिङ, फार्मेसी, विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकीलगायत अन्य सङ्कायमा अध्ययन गर्ने छ जना छात्रालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

‘यो कार्यक्रमबाट आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भएका छात्रालाई राहत पुग्ने हाम्रो विश्वास छ’, प्रमुख प्रशासकीय अधिकृत बमले भने, ‘विशेषगरी विवाहपछि उच्च शिक्षालाई निरन्तरता दिन चाहने छोरीबुहारीका लागि यो उपयोगी हुनेछ । 

प्रकाशित मिति : १३ बैशाख २०८३, आइतबार  ८ : ४१ बजे

सरकारलाई घेर्दै कांग्रेसले उठायो १५ प्रश्न, वालेन्द्र शाह पाइला पाइलामा चुकेको निष्कर्ष

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारमाथि

कमिसन घटाउन माग गर्दै चालकहरू सडकमा (तस्बिरहरू)

काठमाडौं– कमिसन घटाउन र उचित भाडा दर तोक्न माग गर्दै राइड

कांग्रेसको निष्कर्ष : वालेन्द्र नेतृत्वको सरकार असफल भइसक्यो

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार

येन स्थिरतामा अमेरिकाको जोड

वासिङ्टन– अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले जापानी येनको स्थिरता केवल जापान

नेपाली सेलिब्रिटीसँग कसरी नजिक भए ‘गजनी भिलेन’ प्रदीप रावत ?

काठमाडौं – लोकप्रिय बलिउड अभिनेता प्रदीप रावतको मंगलबार निधनपश्चात् नेपाली