कांग्रेसले एकैदिन एउटा पूर्णबहादुरलाई राहत दिँदा अर्का पूर्णबहादुरलाई पेल्यो « Khabarhub

कांग्रेसले एकैदिन एउटा पूर्णबहादुरलाई राहत दिँदा अर्का पूर्णबहादुरलाई पेल्यो


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले विभिन्न नेतासम्बन्धी अनुशासनात्मक विषयमा महत्वपूर्ण निर्णय गरेको छ।

समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले यस्ता निर्णय गरेको हो ।

बैठकले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सम्बन्धित अनुशासनात्मक विषय सर्वोच्च अदालतको पछिल्लो फैसलापछि औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ।

विशेष महाधिवेशनपछि कांग्रेसमा देखिएको विवादबारे सर्वोच्च अदालतबाट अन्तिम निर्णयसमेत गरिसकेको अवस्थामा खड्कामाथि अनुशासनको कारबाही अघि बढाउने विषयलाई समितिले तामेलीमा राख्ने निर्णय गरेको हो।

यसअघि तारामान नेतृत्वको समितिले खड्कालाई स्पष्टीकरण सोधेको थियो। समितिले निवर्तमान कार्यवाहक सभापति खड्कालाई पार्टी विधानबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइरहेकै बेला सभापति गगन थापाले भेट गरे थिए ।

सर्वोच्च अदालतले आफूलाई अन्तिम मान्यता दिएसँगै खड्कासँग भेटेका थापाले कारबाही अघि नबढाउने जनाउ दिएका थिए ।

कांग्रेस केन्द्रीय सदस्य गुरुङ नेतृत्वको समितिले गत वैशाख २ गते नभएको पद उल्लेख गरी पार्टीको लेटरप्याडमा विज्ञप्ति जारी गरेको भन्दै खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

अनुशासन समितिको निर्णयमा लेखिएको थियो, ‘नेपाली कांग्रेसको पूर्वउपसभापति पूर्णबहादुर खड्काद्वारा अनधिकृत रूपमा मिति २०८२/१२/३० गते प्रेस विज्ञप्ति जारी गर्ने कार्य पार्टीको विधान विपरीत देखिएकोले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टीकरण सोध्ने निर्णय गर्दछ ।’

खड्काको कारबाहीको विषय पार्टीको आधिकारिकता विवाद टुंगिएसँगै सकिएको निचोड निकालेको कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई भने निलम्बन गरेको छ।

अनुशासन उल्लंघनको आरोपमा उनलाई तत्काल प्रभावबाट पदबाट निलम्बन गर्ने निर्णय गरिएको छ। समितिका अनुसार प्रारम्भिक स्पष्टिकरण सन्तोषजनक नभएकाले थप अनुसन्धान आवश्यक रहेको र अनुसन्धान प्रभावित नहोस् भनेर निलम्बन गरिएको हो।

विवाद

अनुशासन समितिले रामेछाप जिल्ला कार्यसमितिका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)सँग गत वैशाख ७ गते ३ दिने स्पष्टीकरण सोधेको थियो।

उनले केन्द्रीय कार्यसमिति सभापति गगनकुमार थापासँग तीन अर्ब पैसा छ भनेर दिएको विवादित अभिव्यक्तिको भिडियो भाइरल भएको थियो । उनले फागुन २१ को चुनावमा एक अर्ब खर्च गर्दा पनि गगनले चुनाव जित्न नसकेको जिकिर गरेका थिए ।

यही प्रकरणमा कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

समितिका अनुसार तामाङले जिल्ला सभापति जस्तो जिम्मेवार पदमा रहँदा पदीय मर्यादाको ख्याल नगरी पार्टी र नेतृत्वविरुद्ध बदनियतपूर्ण, भ्रमपूर्ण तथा तथ्यहीन अभिव्यक्ति दिएका थिए ।

उक्त कार्य कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ उपधारा १ (क), (ख), (ग), (ङ) र (च) अनुसार अनुशासन उल्लंघन भएको ठहर गरिएको समितिले जनाएको थियो।

यसै आधारमा विधानको धारा ३४ उपधारा ८ (घ) बमोजिम तामाङसँग ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको थियो । तर त्यही स्पष्टीकरण चित्त बुझ्दो नभएपछि कान्छाराम सभापतिबाटै निलम्बित भएका हुन्।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  ४ : ५३ बजे

अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका विभिन्न स्थानीय तहका नदी

याक तथा चौँरी महोत्सव सम्पन्न, रसुवाका किसान उत्साहित

रसुवा– रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङस्थित पार्वती कुण्ड क्षेत्रमा पहिलो पटक

सुकुम्वासीसँग कुरा गर्नै पत्रकारलाई निषेध, सत्संगका नगरप्रहरी भन्छन्- फोटो, भिडियोले हाम्रो जागिर जान्छ 

खबरहबकर्मी टीम बुधबार दिउँसो सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित राधास्वामी सत्संगमा पुगेको थियो

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

सुदूरपश्चिम– कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै २६

भुटानी शरणार्थी क्याम्पमा ‘सुरक्षा शून्यता’ : पुनःस्थापनामा ढिलाइप्रति चर्को गुनासो

मोरङ– पथरीशनिश्चरे नगरपालिका–१० स्थित सशस्त्र प्रहरीको भुटानी शरणार्थी सुरक्षा बेस