काठमाडौं– चितवनको भरतपुरमा दोस्रो संस्करणको ‘चितवन अटो शो २०२६’ बिहीबारबाट सुरु भएको छ ।
अटोमोबाइल व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यसहित चितवन अटोमोबाइल डिलर्स एसोसिएसन र चितवन अटोमोबाइल एसोसिएसनको संयुक्त पहलमा सुरु चितवन अटो शो वैशाख २१ गतेसम्म चल्ने बताइएको छ ।
अटो शोमा ईभी गाडी, मोटरसाईल, स्कुटरदेखि हेभि इक्युप्मेन्टससम्मका स्टलहरू रहेको चितवन अटो शोका संयोजक राजन पियाले जानकारी दिए।
चितवन अटो शो काठमाडौं बाहिरको सवै भन्दा ठूलो प्रदर्शनी भएको भन्दै उनले सबै खालका सवारी साधनहरु एकै स्थानमा रहेको उल्लेख गरे। अटो शोमा १० हजार दर्शकले अवलोकन गर्नुका साथै ५० करोड बराबरको कारोबार हुने अनुमान गरिएको उनले बताए ।
अटो शोको चितवन उद्योग वाणिज्य संघ चितवन, उद्योग संघ भरतपुर महानगर पालिका प्रवर्द्धकका रुपमा रहेका छन् ।
उक्त अटो शोको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले उद्घाटन गरेका थिए ।













प्रतिक्रिया