लिपुलेक बारे भारतको प्रतिक्रिया- कैलाश यात्राका लागि यो ऐतिहासिक मार्ग हो « Khabarhub

लिपुलेक बारे भारतको प्रतिक्रिया- कैलाश यात्राका लागि यो ऐतिहासिक मार्ग हो

सीमा विवाद वार्ता र कूटनीतिबाटै समाधान गर्न भारत तयार


२१ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतले लिपुलेक पास कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक मार्ग भएको दाबी गर्दै यस सम्बन्धमा नेपालले राखेका सीमासम्बन्धी दाबीहरूलाई अस्वीकार गरेको छ।

नेपालको परराष्ट्र मन्त्रालयले कैलाश मानसरोवर यात्राको सन्दर्भमा व्यक्त गरेको सीमा सम्बन्धी धारणाबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले आइतबार यस्तो टिप्पणी गरेका हुन्।

प्रवक्ता जैसवालले यस विषयमा भारतको अडान स्पष्ट र सुसंगत रहेको बताएका छन्। “लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि स्थापित मार्ग हो र दशकौंदेखि यो मार्गबाट यात्रा भइरहेको छ,” उनले भनेका छन्, “यो कुनै नयाँ विकासक्रम होइन।”

नेपालले गरेको दाबीका सम्बन्धमा भारतले ती दाबीहरू न्यायोचित नभएको र ऐतिहासिक तथ्य एवं प्रमाणमा आधारित नभएको जिकिर गरेको छ। प्रवक्ता जैसवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्षेत्रीय दाबीहरूको यस्तो एकपक्षीय र कृत्रिम विस्तार टिकाउ हुन सक्दैन।”

भारतले नेपालसँगको द्विपक्षीय सम्बन्धका सबै विषयमा रचनात्मक कुराकानीका लागि तयार रहेको बताएको छ। यसमा सहमति भएका बाँकी सीमा विवादलाई पनि वार्ता र कूटनीतिको माध्यमबाट समाधान गर्न भारत खुला रहेको प्रवक्ता जैसवालले उल्लेख गरेका छन्।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ५ : ५२ बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर