अमेरिकाको प्रस्तावमाथि समीक्षा भइरहेको छ : इरान « Khabarhub

अमेरिकाको प्रस्तावमाथि समीक्षा भइरहेको छ : इरान


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इरान र अमेरिकाबीच जारी युद्धलाई औपचारिक रूपमा अन्त्य गर्न अमेरिकाले अघि सारेको नयाँ प्रस्तावमाथि इरानले विचार गरिरहेको जनाएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकी प्रस्ताव अझै समीक्षाको चरणमा रहेको र यसबारे आफ्नो अन्तिम धारणा पाकिस्तानी मध्यस्थकर्तामार्फत जानकारी गराइने बताएका छन् ।

ह्वाइट हाउसले दुवै पक्ष १४ बुँदे समझदारी पत्रको निकै नजिक पुगेको दाबी गरेपछि इरानको यो प्रतिक्रिया आएको हो ।

अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार समझदारी पत्रले आगामी एक महिनाका लागि वार्ताको खाका तयार गर्नेछ । प्रस्तावमा इरानको परमाणु संवर्धनमा रोक लगाउने, इरानमाथि लागेका आर्थिक प्रतिबन्धहरू हटाउने र रणनीतिक महत्त्वको ‘स्ट्रेट अफ हर्मोज’मा जहाजहरूको आवागमन पुनः सुचारु गर्ने जस्ता महत्त्वपूर्ण बुँदाहरू रहेको बीबीसीले उल्लेख गरेको छ ।

इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका प्रवक्ता इब्राहिम रेजाईले अमेरिकी प्रस्तावलाई ‘इच्छाको सूची’ मात्र भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्– ‘इरानको औँला ट्रिगरमै छ र हामी तयार छौँ । यदि अमेरिकाले आवश्यक सहुलियत दिएन भने इरानले कडा जवाफ दिनेछ ।’

हाल अमेरिका र इजरायलले इरानमा सुरु गरेको ‘अपरेशन एपिक फ्युरी’ सम्पन्न भएको घोषणा गरिए पनि नयाँ सम्झौता नभएमा फेरि आक्रमण सुरु हुन सक्ने खतरा भने कायमै छ । दुवै पक्ष अहिले पाकिस्तानी मध्यस्थतामा हुने अर्को वार्ताको पर्खाइमा छन् ।

यता, वार्ताको वातावरण बने पनि दुवै पक्षबाट चेतावनी दिने क्रम भने रोकिएको छैन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पछिल्लो २४ घण्टामा इरानसँग राम्रो कुराकानी भएको र सम्झौताको सम्भावना रहेको बताए पनि कडा चेतावनी दिएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा भनेका छन्– ‘यदि इरान सम्झौतामा सहमत भएन भने फेरि बमबारी सुरु हुनेछ, जुन पहिलेको भन्दा अझ बढी तीव्र र भयानक हुनेछ ।’

ट्रम्पले इरान परमाणु हतियार कहिल्यै नबनाउन सहमत भएको दाबी गरे पनि तेहरानले यसको आधिकारिक पुष्टि भने गरेको छैन ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ८ : ३६ बजे

कसैको पीडामाथि खिसिट्यूरी र अशोभनीय टिप्पणी नगरौं : रञ्जु दर्शना

काठमाडौं– सांसद रञ्जु दर्शनाले काखमा बच्चा च्यापेर आफ्नो श्रीमानको खोजी गरिदिन

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका