आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै « Khabarhub

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै


२४ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ । १९५८ साल वैशाख २४ गते पहिलो अखबारका रुपमा ‘गोर्खापत्र’ साप्ताहिक प्रकाशन भएको दिनको अवसर पारेर २०७३ सालदेखि सरकारले हरेक वर्ष वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउन सुरुआत गरेको हो ।

पत्रकारिता क्षेत्रको समग्र विकास, सामाजिक उत्तरदायित्व र पेसागत तथा व्यावसायिक सुरक्षाको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । दिवसका अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रपति भवनमा विशेष समारोहको आयोजना गरेर राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।

पत्रकारिता दिवस तथा १२६औँ वर्ष प्रवेशका अवसरमा गोरखापत्र दैनिकले आज विशेष अङ्क प्रकाशन गरेको छ । ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणी पश्यन्तु मा कश्चिद् दुःखभाग्जन’ को आदर्श वाक्यका साथ गोरखापत्र दैनिक निरन्तर प्रकाशन हुँदै आएको छ ।

यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमल्सिनासहितले शुभकामना सन्देश दिएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहीबार  ९ : ०७ बजे

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले