दुई महिनापछि होर्मुजबाट चीनका दुई सुपरट्यांकर बाहिरिए, अमेरिकालाई इरानको अर्को चेतावनी « Khabarhub

दुई महिनापछि होर्मुजबाट चीनका दुई सुपरट्यांकर बाहिरिए, अमेरिकालाई इरानको अर्को चेतावनी


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरान युद्धको तनावका कारण दुई महिनादेखि फारसको खाडीमा फसेका चीनका दुई सुपरट्यांकर मंगलबार होर्मुज स्ट्रेटबाट बाहिरिएका छन्।

रोयटर्सको रिपोर्ट अनुसार दुवै जहाजमा करिब ४० लाख ब्यारेल कच्चा तेल भरिएको थियो।

शिपिङ डाटा कम्पनी एलएसईजी र क्प्लेरको तथ्यांक अनुसार दुवै जहाज गत करिब दुई महिनादेखि खाडी क्षेत्रमा फसेका थिए।

इरानको दाबी : फेरि युद्ध भए अमेरिकालाई ठूलो सरप्राइज मिल्नेछ

इरानले अमेरिकालाई यदि फेरि युद्ध भए अझै ठूला सरप्राइज मिल्ने बताएको छ। इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले यो युद्धबाट इरानले धेरै पाठ र नयाँ जानकारी प्राप्त गरेको बताएका छन्।

अराघचीले इरानी सेनाले पहिलो पटक अमेरिकी एफ-३५ लडाकु विमान खसालेको दाबी गरेका छन्। उनले एक्समा पोस्ट गर्दै युद्ध सुरु भएको धेरै महिनापछि अमेरिकी कांग्रेसले अर्बौं डलर मूल्यका दर्जनौँ विमान गुमाएको स्वीकार गरेको बताए।

अमेरिकी कांग्रेसको एक रिपोर्टमा अमेरिकाले इरानविरुद्ध सैन्य अभियानका क्रममा धेरै विमान गुमाएको वा क्षति भएको दाबी गरिएको छ।

तर अमेरिकाले अहिलेसम्म एफ-३५ खसालिएको दाबीलाई आधिकारिक रूपमा पुष्टि गरेको छैन।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  १२ : १५ बजे

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौँ– सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई

धनगढीबाट डा. गोविन्द केसी २४औँ सत्याग्रह

काठमाडौँ – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग