ढुङ्गाले लागेर बालकको मृत्यु « Khabarhub

ढुङ्गाले लागेर बालकको मृत्यु


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अदानचुली– हुम्लामा ढुङ्गा लागेर घाइते भएका अदानचुली गाउँपालिका–६ पाल्स गाउँका १३ वर्षीय हस्त भियालको मृत्यु भएको छ । 

यही जेठ ५ गते बेलुकी घरबाट सोही ठाउँको कालागाडमा रहेको एक पसलमा जाने क्रममा भियाल माथिबाट खसेको ढुङ्गा लागेर घाइते भएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । 

सोही दिन उद्धार गरी भियाललाई अदानचुली गाउँपालिकास्थित श्रीनगर स्वास्थ्य चौकीमा उपचारका लागि पुर्याइए पनि बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताए।  

घटनाको थप जानकारी लिनका लागि सदरमुकाम सिमकोटबाट प्रहरी निरीक्षक जङ्गबाहदुर सिंह नेतृत्वको टोली अदानचुली गएको छ । 

अदानचुली गाउँपालिकाको एम्बुलेन्समार्फत शव परीक्षणका लागि बाजुराको सामुदायिक अस्पताल कोल्टी लगिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए। 
 
 

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ७ : २५ बजे

पत्रकारको प्रश्न- तपाईंसँग सेना किन रिसायो ? राजुनाथको जवाफ- रिसाएको जस्तो लागेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले सेनासँग

प्रदीप अधिकारीलाई विशेष अदालतको राहत, तर पाउने छैनन् थुनामुक्त हुन

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व

प्रतिनिधिसभा : ‘तराई-मधेसमा पानी नपरेर खेत बाँझै भयो’

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले तराई मधेसका जिल्लामा पानी नपरेर समस्या भएको

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभामा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी नागरिकको अवस्था र व्यवस्थापन

राजुनाथले स्वीकारे : सडक विस्तारका क्रममा सेनासँग केही असहज अवस्था भएको हो

काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नं. ३ का सांसद राजुनाथ पाण्डेले