असिना पानीले मकै, फलफूल तथा तरकारी बालीमा क्षति « Khabarhub

असिना पानीले मकै, फलफूल तथा तरकारी बालीमा क्षति


१२ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गण्डकी– सोमबार आएको हावाहुरीसहितको असिना पानीका कारण पोखराका विभिन्न स्थानमा मकै, फलफूल तथा तरकारी बालीमा क्षति पुगेको छ ।

हावाहुरीसहितको असिना पानीका कारण महानगर क्षेत्रका वडा नं १३, २२, २३, २४, २८, ३१, ३२, ३३ लगायतका वडामा लगाइएको मकैसहित फलफूल तथा तरकारी बारीमा क्षति पुगेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।

कृषि प्राविधिक एवम् वडास्तरीय कृषि सञ्जालबाट क्षतिको विवरण संकलन सुरु गरिएको छ । वडा नं १३ मा लगाइएको करिब २०० रोपनी क्षेत्रफलको तरबुजालाई असिनाले क्षति पुर्‍याएको छ ।

 सुरौदी खोलामा पानीको बहाव बढेपछि महानगरको ३३ नं वडाको सुरौदी तिखेढुुङ्गा क्षेत्रमा पुल नहुँदा ३५ रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको तरबुजा बजारमा ल्याउन मुस्किल भएको छ । 
 

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ३ : ५८ बजे

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध