बंगलादेशमा डोनाल्ड ट्रम्प भैँसीको बलि रोकियो, अब चिडियाखानामा राखिने « Khabarhub

बंगलादेशमा डोनाल्ड ट्रम्प भैँसीको बलि रोकियो, अब चिडियाखानामा राखिने


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

ढाका- बंगलादेशमा ‘डोनाल्ड ट्रम्प’ नाम राखिएको एउटा भैँसीको विषय सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । इद-उल-अजहा (बकर-ईद) को अवसरमा बलि दिन लागिएको यो भैँसीको बलि सरकारले अन्तिम समयमा रोकेको छ । यो घटनाले अन्तर्राष्ट्रिय रूपमै चर्चा पाएपछि बंगलादेश सरकारले यस्तो निर्णय गरेको हो ।

यो भैँसी बंगलादेशको नारायणगन्ज जिल्लास्थित राबिया एग्रो फार्ममा पालिएको थियो । भैँसीका मालिक जियाउद्दिनका अनुसार यसको टाउकोको कपाल र रूप रङ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दुरुस्तै मिल्छ । भैँसीको सुनौलो कपाल र आक्रामक नहुने शान्त स्वभावका कारण उनका भाइले जिस्कँदै यसको नाम ‘डोनाल्ड ट्रम्प’ राखिदिएका थिए । सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि यो भैँसी हेर्न फार्ममा मानिसहरूको ठुलो भिड लाग्न थालेको थियो ।

स्थानीय बासिन्दा मोहम्मद सोरेनले यस भैँसीलाई बकरइदमा बलि दिनका लागि किनेका थिए । करिब ७०० केजी तौल भएको यो भैँसी साढे तीन लाख रुपैयाँभन्दा बढीमा खरिद गरिएको थियो । तर, यस भैँसीको चर्चा बंगलादेश बाहिर पनि फैलियो । इरानले समेत यसै भैँसीको तस्बिर प्रयोग गरेर अमेरिकी राष्ट्रपतिको उपहास गरेको थियो ।

विवाद र चर्चा अन्तर्राष्ट्रिय स्तरमा बढेपछि बंगलादेशका गृहमन्त्री सलाहउद्दिन अहमदले चासो देखाएका हुन् । सुरक्षा र अनावश्यक विवादबाट बच्न सरकारले भैँसीको बलि रोक्ने निर्णय गर्‍यो । प्रहरीले खरिदकर्तालाई उनको रकम फिर्ता गराएर भैँसी आफ्नो नियन्त्रणमा लिएको छ । खरिदकर्ताले पनि सरकारी निर्णयलाई स्वीकार गर्दै भैँसी हस्तान्तरण गरेका छन् ।

अहिले यो दुर्लभ भैँसीलाई ढाकास्थित राष्ट्रिय चिडियाखानामा पठाइएको छ । चिडियाखानाका क्युरेटर अतिकाुर रहमानका अनुसार भैँसीका लागि छुट्टै बस्ने ठाउँ र रेखदेख गर्ने मानिसको व्यवस्था गरिएको छ । विज्ञहरूका अनुसार यो एउटा दुर्लभ ‘एल्बिनो’ (सेतो) भैँसी हो । यस्ता भैँसीहरू विश्वभर नै निकै कम संख्यामा जन्मिने गर्छन् ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ३ : २५ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी