खेलकुद क्षेत्रका लागि चार अर्ब तीन करोड रुपैयाँ बजेट विनियोजन « Khabarhub

खेलकुद क्षेत्रका लागि चार अर्ब तीन करोड रुपैयाँ बजेट विनियोजन


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले खेलकुद क्षेत्रका लागि चार अर्ब तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले खेल पूर्वाधारलाई प्राथमिकतामा राख्दै चार अर्ब बढीको बजेट विनियोजन गरेको जानकारी दिए । 

खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी तीन वर्षभित्र कम्तीमा आठ हजार दर्शक क्षमताका दस वटा फुटबल रंगशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्ने मन्त्री वाग्लेले घोषणा गरे  । 

त्यस्तै उनले प्रमुख आठ सहरमा पाँच वर्षभित्र आधुनिक क्रिकेट रंगशाला निर्माण गर्ने र विराटनगर, लहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खैत र धनगढीको फापलामा कम्तीमा दुई हजार क्षमताका मल्टिप्रपोज रंगशाला आगामी तीन वर्षभित्र निर्माण गर्ने जानकारी दिए । 

मूलपानी क्रिकेट रंगशाला तथा एकडेमी, गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र कैलालीको फापला क्रिकेट रंगशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्ने उनले बताए । 

त्यस्तै सरकारले अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्नेगरी आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने घोषणा गरेको छ भने सुर्खैतमा दसौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित एघारौँ राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको अर्थमन्त्री वाग्लेले जानकारी दिए । 

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ५ : ४६ बजे

युवा टोलीमा अनुभव थप्ने चेल्सीको नयाँ रणनीति : ३५ वर्षका वेलबेक अनुबन्धित

लन्डन – इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले ब्राइटनका भेट्रान स्ट्राइकर

बुटवल ‘अटोभिलेज’ पुराना सवारीको ‘डम्पिङ साइट’ बन्दै (तस्बिर)

बुटवल– गाडी मर्मतका लागि परिचित ठाउँ हो, बुटवलको ‘अटोभिलेज’ ।

अविश्वासको प्रस्तावदेखि राजीनामासम्म : कसरी हट्न सक्छन् जियानी इन्फान्टिनो ?

लन्डन – अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो

पुराणको रकमबाट घाट निर्माण

झापा– बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलामा स्थानीयवासीको सक्रियता र पुराणबाट

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम– मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको