चीनको आर्थिक वृद्धिदर सुस्त, खुद्रा बिक्री तीन वर्षयताकै न्यून « Khabarhub

चीनको आर्थिक वृद्धिदर सुस्त, खुद्रा बिक्री तीन वर्षयताकै न्यून


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको आर्थिक वृद्धिदर अप्रिल महिनामा सुस्त देखिएको छ । इरान युद्धका कारण बढेको इन्धनको मूल्य र आन्तरिक बजारमा माग घट्दा त्यहाँको औद्योगिक उत्पादन र खुद्रा बिक्रीमा भारी गिरावट आएको हो । खासगरी चीनको खुद्रा बिक्री साढे तीन वर्षयताकै सबैभन्दा तल्लो बिन्दुमा झरेको छ ।

चीनले सोचेभन्दा राम्रो निर्यात गर्न सकेको र आन्तरिक रूपमा इन्धनको मूल्य नियन्त्रण गरेका कारण ऊर्जा संकटको धक्कालाई केही हदसम्म झेल्न सकेको छ । तर, कच्चा पदार्थको बढ्दो मूल्यले कारखानाहरूको नाफा घटाउने र उपभोक्ताहरूको क्रयशक्ति झनै कमजोर बनाउने जोखिम बढेको छ। यो युद्ध लम्बिएमा अवस्था अझै बिग्रन सक्ने अनुमान गरिएको छ ।

चीनको राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको विवरण अनुसार अप्रिल महिनामा औद्योगिक उत्पादन गत वर्षको सोही अवधिको तुलनामा ४.१ प्रतिशतले मात्र बढेको छ । गत मार्च महिनामा यस्तो वृद्धि ५.७ प्रतिशत थियो । अर्थशास्त्रीहरूले अप्रिलमा ५.९ प्रतिशत वृद्धिको अनुमान गरे पनि उत्पादन निकै कमजोर देखिएको हो । यो सन् २०२३ को जुलाईपछिकै सबैभन्दा सुस्त वृद्धि हो ।

पिनपोइन्ट एसेट म्यानेजमेन्टका मुख्य अर्थशास्त्री जिउई झाङका अनुसार बलियो निर्यातले आन्तरिक बजारको कमजोरीलाई केही हदसम्म धाने पनि त्यो पूर्ण रूपमा पर्याप्त हुन सकेन । इरान युद्धका कारण विश्व बजारमा कच्चा पदार्थको मूल्य अझै बढ्न सक्ने डरले विभिन्न देशका खरिदकर्ता र एआई (आर्टिफिसियल इन्टेलिजेन्स) सम्बद्ध उद्योगहरूले चिनियाँ सामानको अग्रिम अर्डर बढाएका थिए ।

यसले गर्दा अप्रिलमा चीनको निर्यात भने राम्रो देखिएको छ । झाङका अनुसार सरकारले एक महिनाको कमजोर तथ्याङ्ककै आधारमा आफ्नो आर्थिक नीति तत्कालै परिवर्तन गर्ने सम्भावना कम छ । बेइजिङले आगामी जुलाईमा दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को विवरण आएपछि मात्रै आफ्नो नीति पुनरावलोकन गर्ने देखिन्छ ।

उपभोक्ताको मागलाई दर्शाउने खुद्रा बिक्री गत अप्रिलमा केवल ०.२ प्रतिशतले मात्र बढेको छ । मार्च महिनामा १.७ प्रतिशत रहेको यो वृद्धि अप्रिलमा ह्वात्तै घटेर सन् २०२२ को डिसेम्बरपछिकै सबैभन्दा कमजोर अवस्थामा पुगेको हो। अर्थशास्त्रीहरूले यसमा २ प्रतिशत वृद्धिको अनुमान गरेका थिए ।

चिनियाँ नागरिकहरूको क्रयशक्ति कति कमजोर भएको छ भन्ने कुरा गाडीको बिक्रीबाट पनि प्रस्ट हुन्छ । अप्रिल महिनामा चीनको आन्तरिक बजारमा गाडीको बिक्री २१.६ प्रतिशतले घटेको छ। यो लगातार सातौँ महिनाको गिरावट हो । घरेलु बजार सुस्ताएपछि चिनियाँ गाडी निर्माता कम्पनीहरूले अहिले विदेशी बजारमा आफ्नो पहुँच बढाउने प्रयास गरिरहेका छन्।

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  ६ : ५९ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी