असुरक्षित स्वास्थ्य उपचारका कारण पाकिस्तानमा एचआईभी संक्रमण बढ्दै « Khabarhub

असुरक्षित स्वास्थ्य उपचारका कारण पाकिस्तानमा एचआईभी संक्रमण बढ्दै


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा परम्परागत माध्यमबाट भन्दा पनि असुरक्षित स्वास्थ्य उपचारका कारण एचआईभी संक्रमण बढ्दै गएको चिकित्सक र जनस्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् । सिरिन्जको पुनः प्रयोगलाई लिएर सार्वजनिक रूपमा विरोध हुन थालेपछि विज्ञहरूले यस विषयमा तत्काल कदम चाल्न आग्रह गरेका छन् ।

विश्व स्वास्थ्य संगठन र स्थानीय स्वास्थ्यकर्मीहरूका अनुसार संक्रमण नियन्त्रणमा कमजोरी, सिरिन्जको दोहोर्‍याएर गरिने प्रयोग, असुरक्षित रगत व्यवस्थापन र बिना दर्ता सञ्चालनमा रहेका क्लिनिकहरूका कारण यो भाइरस सर्वसाधारणमा फैलिरहेको छ । यसले गर्दा कुनै पनि प्रत्यक्ष जोखिममा नरहेका बालबालिका र महिलाहरू समेत यसको चपेटामा परिरहेका छन् ।

पाकिस्तानमा पहिले एचआईभी संक्रमण विशेष गरी सुईबाट लागुऔषध प्रयोग गर्नेहरू र यौनकर्मीहरू जस्ता निश्चित समूहहरूमा मात्र केन्द्रित हुने गरेको थियो, तर पछिल्लो समय यो अवस्था तीव्र रूपमा परिवर्तन भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ५ : ५४ बजे

चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहार पछि सुरु गरिने (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका

चितवनमा तत्काल बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

चितवन– पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ ।