भारतीय सेनालाई १००० औँ टी-९० आईएम ट्याङ्क हस्तान्तरण « Khabarhub

भारतीय सेनालाई १००० औँ टी-९० आईएम ट्याङ्क हस्तान्तरण


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको आर्मर्ड भेहिकल्स निगम लिमिटेडले भारतीय सेनालाई १,००० औँ ‘टी-९०आईएम’ ट्याङ्क हस्तान्तरण गरेको छ । चेन्नईको अवादीस्थित हेभी भेहिकल्स फ्याक्ट्रीमा निर्माण गरिएको यो ट्याङ्क हस्तान्तरण गरिएको जानकारी कम्पनीले आफ्नो एक्स (ट्विटर) खातामार्फत दिएको हो ।

यस ट्याङ्कमा जोडिएको ‘आईएम’ शब्दले यो ट्याङ्क भारतमै पूर्ण रूपमा उत्पादन गरिएको प्रतित गर्छ । यसले सन् २००० को दशकको सुरुवातामा रुसबाट आयात गरिएका सुरुवाती ट्याङ्कहरू र अहिलेका स्वदेशी ट्याङ्कहरूबीचको भिन्नतालाई देखाउँछ ।

रुसबाट आयातित पाटपुर्जाहरू जोडेर ट्याङ्क बनाउने कामबाट सुरु भएको भारतको यो यात्रा पूर्ण स्वदेशी उत्पादनसम्म आइपुग्न २० वर्षभन्दा बढी समय लागेको छ । यस क्रममा भारतले क्रमशः आफ्नै प्रविधिहरू विकास गर्दै लग्यो, जुन प्रविधिहरू रुसले सुरुमा पूर्ण रूपमा वा द्रुत गतिमा दिन चाहेको थिएन ।

भारतले सन् २००१ मा १,००० वटा टी-९०एस ट्याङ्कका लागि रुससँग पहिलो सम्झौता गरेको थियो । यसमा भारतमै अनुमति लिएर उत्पादन गर्ने सहमति भएको थियो । योजनाअनुसार सुरुका १२४ वटा ट्याङ्क रुसमै बनेका थिए भने बाँकी ट्याङ्कका पाटपुर्जाहरू भारत ल्याएर अवादी कारखानामै जोड्ने काम गरियो ।

सन् २००९ मा भारतले पहिलो पटक विदेशी किटको साटो आफ्नै देशमा बनेका पाटपुर्जाहरू प्रयोग गरेर पहिलो टी-९०एस ट्याङ्क तयार पारेपछि यस क्षेत्रमा ठुलो सफलता मिल्यो । अहिले निर्माण भइरहेका टी-९०आईएम ट्याङ्कहरूमा करिब ८० प्रतिशत पाटपुर्जाहरू भारतीय नै रहेका छन् ।

जसमा भारतमै विकसित र उत्पादित इन्जिनसमेत समावेश छ । भारतीय उत्पादकहरूले अहिले मर्मत सम्भारका लागि आवश्यक पर्ने सामग्री, विद्युतीय प्रणाली र कुलिङ प्रणालीहरू पनि आफैँ बनाउन थालेका छन्, जसका लागि पहिले रुसमा निर्भर हुनुपर्थ्यो । यसबाहेक नयाँ ‘टी-९० मार्क ३’ संस्करणका ट्याङ्कहरूमा शक्तिशाली १,३५० हर्सपावरको इन्जिन, थर्मल इमेजिङ साइट र भारतमै बनेको फायर कन्ट्रोल सिस्टम जडान गरिएको छ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ५ : ५८ बजे

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध कांग्रेसभित्रै विद्रोह, बहुमत सांसद विपक्षमा 

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता

राष्ट्रिय सभामा पनि विपक्षीको अवरोध, मागियो प्रधानमन्त्रीको जवाफ

काठमाडौं– राष्ट्रियसभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सीमा सम्बन्धी

नेपाली सेना : संयुक्त राष्ट्रसङ्घको विश्वसनीय र भरपर्दो शान्ति सैनिक

काठमाडौं– नेपाली सेना संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यप्रति नेपालको प्रतिबद्धतालाई

बाघको आहारा प्रजातिको सर्वेक्षण सुरु

चितवन– चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको सर्वेक्षण

जापानमा भालु आक्रमण तिव्र पछिल्लो आक्रमणमा चार जना घाइते

एजेन्सी– उत्तरपूर्वी जापानको फुकुसिमा शहरमा मंगलबार भालुले आक्रमण गर्दा चार