पाकिस्तानमा पारलैङ्गिक समुदाय र प्रहरीबीच झडप « Khabarhub

पाकिस्तानमा पारलैङ्गिक समुदाय र प्रहरीबीच झडप


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको हरिपुरस्थित जीटी रोडमा अधिकारका लागि आन्दोलनमा उत्रिएका पारलैङ्गिक समुदायका व्यक्तिहरूमाथि प्रहरीले कुटपिट र दुर्व्यवहार गरेको आरोप लागेको छ । आफ्नो हक अधिकारको माग गर्दै काराकोरम राजमार्ग नजिकै भेला भएका उनीहरूले सडक अवरुद्ध गरेर प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीहरूका अनुसार प्रहरीले उनीहरूमाथि विभिन्न प्रतिबन्धहरू लगाउने र दुर्व्यवहार गर्ने गरेको छ । प्रहरीले मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गर्न रोक लगाएर आफूहरूको रोजगारीको अवसर खोसेको गुनासो उनीहरूले गरेका छन् ।

दर्शनकारीहरूले अवरोध गरेपछि प्रहरीले उनीहरूलाई तितरबितर पार्न बल प्रयोग गर्नुका साथै लाठीचार्ज गरेको थियो । सो क्रममा भएको झडपमा दुई जना पारलैङ्गिक व्यक्ति र केही प्रहरी कर्मचारी घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ भने प्रहरीले केही प्रदर्शनकारीहरूलाई पक्राउ गरी नगर प्रहरी चौकीमा राखेको छ ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ६ : ०४ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी