पूर्वसभामुख महरालाई १ लाख धरौटीमा रिहा गर्न आदेश « Khabarhub

पूर्वसभामुख महरालाई १ लाख धरौटीमा रिहा गर्न आदेश


१८ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विशेष अदालतले पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशहरू सुदर्शनदेव भट्ट र विदुर कोइरालाको संयुक्त इजलासले महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

महराविरूद्ध गत २६ चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर सुन तस्करी गरेको अभियोगमा मुद्दा चलाएको थियो । उनका छोरा राहुलसहित २८ जनाविरुद्ध विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दामा यस्तो आदेश भएको हो ।

आयोगले दायर गरेको आरोपपत्र अनुसार उनीहरूले भेपको भित्री भागमा सुनका साना टुक्रा लुकाएर चीनबाट नेपाल ल्याई त्यसलाई विदेशी बजारमा बिक्री गर्ने संगठित तस्करी सञ्जाल सञ्चालन गरेका थिए ।

मुद्दामा पूर्वमन्त्री समेत रहेका महरा बाबुछोरालाई मुख्य योजनाकारका रूपमा उल्लेख गरिएको थियो।

आरोपितहरूले २०२२–२०२३ मा चीनबाट भेपमार्फत सुन तस्करी गरेको प्रमाण आयोगले फेला पारेको दाबी अख्तियारको थियो।

मुद्दामा अख्तियारले २८ जनालाई भ्रष्टाचार, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनअन्तर्गत कारबाही गर्न माग गरेको थियो।

पूर्वसभामुख महरा र छोरा राहुलविरूद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

महराको भेपबाट हुने सुन तस्करीमा संलग्न चिनयाँ नागरिकसँगको सम्बन्ध र कारोबार खुलेपछि अख्तियारले मुद्दा लैजाने निर्णय गरेको थियो ।

चिनियाँ गिरोहले २०७९ मा भेपको आवरणमा सुन भित्र्याउन खोज्दा भन्सारले पक्राउ गरेको थियो । महराविरूद्ध यसअघि गत असोज २७ गते जिल्ला अदालत काठमाडौंमा पनि मुद्दा दर्ता भएको थियो।

उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। उच्च अदालत पाटनले महरालाई गत मंसिर ११ गते २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रकाशित मिति : १८ जेठ २०८३, सोमबार  ५ : ५२ बजे

डिजिटल अभियानको परिणामले संस्थापन कांग्रेस मख्ख, भेलामार्फत दबाब बढाउँदै इतर समूह

कांग्रेसले नयाँ वर्ष २०८३ सुरु भएसँगै ‘एक महिने जरामा जाउँअभियान’

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

काठमाडौँ– प्रहरीले सिरहाको कर्जन्हा नगरपालिका–११ का सेफ सन्तोष साहलाई बैंकिङ

धर्तीको वैकुण्ठ : दामोदर कुण्ड

एउटा भनाइ छ, ‘हरेक तीर्थ बारबार दामोदर कुण्ड एकबार ।’

नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ– बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ