विपक्षी दलहरूले मागे प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा « Khabarhub

विपक्षी दलहरूले मागे प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा


१९ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग गरेका छन्।

जेठ १७ गते प्रधानमन्त्रीले भारतीय भूमि नेपालले मिचेको छ भनेर दिएको अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण उनीहरूले प्रधानमन्त्रीबाट माफी माग्नुपर्ने वा राजीनामा दिनुपर्ने माग अघि सारेका हुन्।

श्रमसंस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर हाजिर हुनुपर्ने नियमको उल्लेख गर्दै संविधानको धारा ७७ (१) ग अनुसार अनुपस्थितिमा पदमुक्त हुन सक्ने बताए।

’प्रधानमन्त्रीजस्तो व्यक्तिले जेठ १७ गते राखेको अभिव्यक्ति सच्याउनुपर्छ,’ साम्पाङले भने, ‘नेपालले भारतको सीमा कहाँ-कहाँ मिचेको रहेछ भन्ने कुरा पुष्टि हुनुपर्छ। यदि गल्ती भएको छ भने तीन करोड नेपालीसामु उभिएर माफी माग्नुपर्छ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्वु ओलीले नेताको बचाउमा देशकै विरुद्ध प्रमाण बटुल्ने प्रवृत्तिको आलोचना गरिन्।

‘आजभोलि केही मानिसहरू नेताले बोलेको कुराको बचाउ गर्न देशकै विरुद्ध प्रमाण बटुल्न हिँडेका छन्,’ ओलीले भनिन्, ‘संसद्मा बोलेको कुरा अपरिवर्तनीय कूटनीतिक छापका रूपमा रहन्छ। त्रुटि भएको छ, प्रधानमन्त्री पनि नयाँ हुनुहुन्छ।’

नेकपा प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीले यति संवेदनशील विषयमा मौन बस्न नहुने बताए।

‘यो सानोतिनो विषय होइन। प्रधानमन्त्रीले संसद्मा आएर माफी माग्नुपर्छ,’ दुलालले भने, ‘यदि यति गम्भीर विषयमा गल्ती स्वीकार गर्न तयार हुनुहुन्न भने राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ।’

दुलालले सभामुख डोलप्रसाद अर्याललाई पनि सबै दलका शीर्ष नेतासँग छलफल गरी संसद् चलाउन पनि आग्रह गरे।

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिले भारतसँगको सीमा विवादलाई नयाँ रूपमा उजागर गरेको छ। विपक्षीहरूले सरकारले सदनलाई प्रष्ट जवाफ दिनुपर्ने माग गरेका छन्। तर यो विषयमा सत्तापक्षबाट ठोस र औपचारिक जवाफ संसद्मा आइसकेको छैन।

प्रकाशित मिति : १९ जेठ २०८३, मंगलबार  ३ : २९ बजे

प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म

एक वर्षमा २० खर्ब ९६ अर्बको आयात, निर्यात तीन खर्ब नाघ्यो

काठमाडौं– गत आर्थिक वर्ष ०८२-८३ को १ वर्ष अवधिमा नेपालमा

टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने

काठमाडौं– काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र

नेपालले गुमायो पाचौँ विकेट, दीपेन्द्रसिंह ऐरी आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाचौँ विकेट

राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

काठमाडौं– कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् ।