सूर्यदर्शन सहकारी ठगी : १७ करोड बिगो तिर्ने कबुल गरेर धरौटीमा छुटे महेन्द्र भोटे « Khabarhub

सूर्यदर्शन सहकारी ठगी : १७ करोड बिगो तिर्ने कबुल गरेर धरौटीमा छुटे महेन्द्र भोटे


२४ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कास्कीको पोखरास्थित बहुचर्चित अप्रकरणमा थुनामा रहेका नेकपा एमालेनिकट युवा संघ नेपालका नेता नेता शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’ धरौटीमा रिहा भएका छन् ।

१७ करोड रुपैयाँ बिगो रकम तिर्ने कबुल गरेपछि उनी ५ लाख रूपैयाँ धरौटी बुझाएर केही दिनअघि रिहा भएका हुन् ।

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले भोटेलाई धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।

उनलाई २०८० सालमा सूर्यदर्शन सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाइएको थियो । सहकारी ठगीमा जेल पुगेका उनलाई जिल्ला र उच्च अदालतले पनि थुनामा राख्ने आदेश दिएका थिए ।

उनीसँगै सहकारी ठगीको अभियोगमा कारागारमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, उपाध्यक्ष कैलाशकुमार दर्लामी र सञ्चालक समितिका पूर्वसदस्य महेन्द्र भोटेलाई जिल्ला अदालत कास्कीले थुनामा पठाएको थियो । त्यसपछि उक्त आदेश बदरको माग गर्दै उनीहरूले उच्चमा पुनरावलोकनको निवेदन दिएका थिए । तर उच्चले पनि जिल्लाकै आदेश सदर गरिदियो ।

उक्त सहकारी ठगीमा फरार रहेका मुख्य आरोपी गितेन्द्र बहादुर राई(जीबी) अहिले पनि फरार छन् । उक्त सहकारी ठगीको आरोप लागेका रवि लामिछाने अहिले रास्वपा सभापति छन् । जीबीका मुख्य सहयोगी रम्तेल पनि २०८० असोज २१ गतेदेखि जेलमा छन् ।

१८ हजार बचतकर्ताको डेढ अर्ब बढी रकम ठगी गरेको अभियोगमा १९ जना प्रतिवादी बनेका थिए । सहकारी ठगीबारे बचतकर्ताहरूले दिएको पूरक अभियोग पत्रका आधारमा रवि लामिछानेसहितमाथि प्रहरीले अनुसन्धान गरेको थियो ।

उक्त सहकारी ठगीसँगै रविमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको पनि मुद्दा थियो । तर रवि र जीबीसहितलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधाबाट सरकारले राहत दिइसकेको छ ।

प्रकाशित मिति : २४ जेठ २०८३, आइतबार  ५ : ४६ बजे

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको

अलविदा निम्सदाइ !

काठमाडौं- पर्वतारोहण क्षेत्रमा सुपरिचित ४३ वर्षीय आरोही निर्मल पुर्जा (निम्सदाइ)

अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि

भद्रपुर– अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट

निर्मल पुर्जासहित मृत आरोहीलाई प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् दिए श्रद्धाञ्जली

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’