आलमको थुनछेक बहस अझै सकिएन, २५ जनाले बहस गर्नै बाँकी « Khabarhub

आलमको थुनछेक बहस अझै सकिएन, २५ जनाले बहस गर्नै बाँकी


२७ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गौर– विस्फोटक पदार्थ (बम) समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेको अभियोग लागेका कांग्रेस नेता मोहम्मद अफताव आलमको थुनछेक बहस अझै बिहीबारसम्म पनि जारी रहने भएको छ ।

बुधबार अदालती समयसम्म बहस नसकिएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले खबरहबलाई जानकारी दिए ।

पराजुलीका अनुसार बुधबार आलमको पक्षबाट १ जना वरिष्ठ अधिवक्तासहित ४ जना कानून व्यवसायीले बहस गरे ।

बुधबार पूर्वमहान्यायाधीवक्ता समेत रहिसकेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ताहरु सञ्जिकुमार मल्लिक, लालबाबु राय र अजय पटेलले आलमको पक्षबाट बहस गरे ।

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले गत सोमबार आलमविरुद्ध अभियोग पत्र दायर गरेकोमा बुधबारदेखि थुनछेक बहस जारी छ ।

बहस शुरु भएको सातौं दिनसम्म आलमको पक्षबाट ११ जना कानून व्यवसायीहरुले बहस गरिसकेका छन् ।

स्थानीय कानून व्यवसायीहरु समेत गरी अझै करिब २५ जनाले आलमको तर्फबाट बहस गर्ने भनेर वकालतनामा दर्ता गरेका श्रेस्तेदार पराजुलीले जानकारी दिए ।

आलममाथि २८ चैत २०६४ को पहिलो संविधानसभा चुनाव विथोल्ने उद्देश्यले बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर मारेको आरोप लागेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमसहित ११ जनाविरुद्ध उक्त प्रकरणमा प्रतिवादी (अभियुक्त) बनाएर जिल्ला अदालत रौतहटमा अभियोग पत्र दायर गरेको छ ।

सरकारी वकिलले आलमसहित १० जनाविरुद्ध विस्फोटक पदार्थको प्रयोग तथा उत्पादन, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेको अभियोगमा आजीवन काराबासको सजाय मागदाबी गरेको छ भने अर्का १ जना अभियुक्तलाई मतियारको रुपमा प्रस्तुत गरी सोहीअनुसार सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ५ : ०४ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला 

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ११ बजेसम्म १ हजार

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा

देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, महामन्त्री र उपसभापतिका लागि कति ?

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले

स्पेसएक्सको ‘स्टारशिप’ रकेट पहिलोपटक पृथ्वीको कक्षमा पठाउने तयारी

एजेन्सी– एलन मस्कको एरोस्पेस तथा रक्षा कम्पनी स्पेसएक्सले आफ्नो विशाल

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभा आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले पछिल्लो वर्षासँगैको