पाकिस्तानको नसीराबाद सुरक्षा कारबाहीमा मारिनेको पहिचान खुल्यो « Khabarhub

पाकिस्तानको नसीराबाद सुरक्षा कारबाहीमा मारिनेको पहिचान खुल्यो


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको प्रतिआतंकवाद विभावले नसीराबाद क्षेत्रमा भएको भनिएको एक सुरक्षा कारबाहीका क्रममा मारिएका पाँच जनाको औँठाछापमार्फत् पहिचान खुलेको जनाएको छ ।

विभागद्वारा जारी विज्ञप्ति अनुसार मारिनेहरूमा खैर मोहम्मदका छोरा जो साल, इमाम दादका छोरा सोनु खान, अब्दुल गनीका छोरा अब्दुल रज्जाक, मिठानका छोरा सरदार अली र मीर खानका छोरा आबाद रहेका छन् । हाल उनीहरूको शव बलुचिस्तान प्रान्तको राजधानी क्वेटास्थित सिभिल अस्पतालको शवगृहमा राखिएको र परिवारका सदस्यहरू पहिचान गरी सम्पर्क गर्ने प्रयास भइरहेको सीटीडीले बताएको छ ।

यसैबीच, मृतकहरूमध्येका एक अब्दुल रज्जाक पिरकानीका परिवार र स्थानीय स्रोतले उनी यसअघि ‘बेपत्ता’ पारिएका व्यक्ति भएको दाबी गरेका छन् । आफन्तका अनुसार अब्दुल रज्जाकलाई गत १० जनवरी २०२६ मा अब्दुल गफ्फार कलन्दरानीको पेट्रोल पम्पबाट पाकिस्तानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । त्यसयता उनी बेपत्ता रहेका र विभागको यो घोषणा अघिसम्म उनको अवस्थाबारे कुनै आधिकारिक जानकारी सार्वजनिक नगरिएको परिवारको भनाइ छ ।

यस घटनाले यो मृत्युको परिस्थितिमाथि गम्भीर विवाद उत्पन्न गराएको छ। प्रतिआतंकवाद विभागले यसलाई सुरक्षा कारबाहीको रूपमा व्याख्या गरे पनि मृतकहरूमध्ये एक जना पहिले नै बेपत्ताको सूचीमा रहेका कारण मानवअधिकारवादी र आफन्तहरूले यस मुठभेडमाथि संशय व्यक्त गरेका छन्। बलुचिस्तानमा यसअघि पनि बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूलाई पछि नक्कली मुठभेडका नाममा मारिने गरेको आरोप पटक-पटक लाग्दै आएको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  २ : ४४ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी