बरु २५ वर्ष जेल बस्छौँ, मानव अधिकारविरुद्धका कानुन स्वीकार्दैनौँ : धवलशमशेर राणा « Khabarhub

बरु २५ वर्ष जेल बस्छौँ, मानव अधिकारविरुद्धका कानुन स्वीकार्दैनौँ : धवलशमशेर राणा


१९ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा परित्याग गरी नयाँ राजनीतिक दल गठनको तयारीमा रहेका नेता धवलशमशेर राणाले  नेपालको संविधान र गणतन्त्रविरुद्धको कार्यलाई राज्यविरुद्धको कसुरका रुपमा परिभाषित गर्ने प्रस्तावप्रति आपत्ति जनाएका छन् । 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राणाले अन्तर्राष्ट्रिय मापदण्ड र  संविधानको सीमा विपरीत, सरकारले गणतन्त्रकाविरुद्ध गतिविधि गरे २५ वर्षसम्म सजाय गर्ने व्यवस्था राखी मुलुकी अपराधसंहिता संशोधन गर्ने प्रस्ताव गरेको भन्दै आपत्ति जनाएका हुन् ।

सरकारले मानवअधिकार र नागरिकको स्वतन्त्रताको मौलिक हकबिरुद्ध नै कदम चाल्न खोजेकाले समयमा नै सरकारलाई सजक गराउन खोजेको उनले बताए । उनले राष्ट्रवादी र राजावादीहरूले यस्ता कानुन बन्न नदिने भन्दै आफूहरू २५ वर्ष जेल बस्न तयार रहेको स्पष्ट पारे । 

त्यस्तै राणाले नयाँ पार्टीको विधान, नाम, झण्डा सबैको टुङ्गो लागिसकेको भन्दै असारभित्रै निर्वाचन आयोगमा दर्ता गरिने र पार्टीको नाम सार्वजनिक गरिने बताए । 

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ५ : ०८ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि