काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओली बोल्दा बोल्दै प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसद्मा छिरेपछि विरोध भएको छ।
नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभा नियमावली नियम २० को खण्ड ६ मा सभामुख या सांसद बोल्दै गर्दा हिँड्नु आपत्तिजनक भएको बताएका हुन्। उनले प्रधानमन्त्री र सभापति लामिछानेले संसद्को नियमको उलंघन गरेकाले आपत्ति जनाए।
सरकारकै मान्छेको योजनामा आइतबार न्यूरोड क्षेत्र र सोमबार सञ्चारमाध्यमका कार्यालयमा गाडी तेर्स्याएको कुराले चर्को आलोचना र घेराबन्दीमा परेका बेला प्रधानमन्त्री शाह संसद्मा छिरेका हुन् ।
रास्वपा सभापति रवि लामिछानेसँग ५ मिनेट गोप्य वार्तापछि वालेन्द्र संसद्मा छिरेका हुन्। मंगलबार दिउँसो पहिले वालेन्द्र अनि रवि संसद्मा छिरेका हुन् ।
यसरी छिरेपछि एमालेका प्रमुख सचेतकसमेत रहेका महरले दुवैजनाले नियम तोडेकोमा कडा आपत्ति जनाएका हुन् । उनले त्यसमा नियमापत्ति गर्दै रुलिङ गर्न सभामुख डीपी अर्यालको ध्यानाकर्षण पनि गराए।












प्रतिक्रिया