सिरियाद्वारा इराकी सीमा क्षेत्रबाट हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी « Khabarhub

सिरियाद्वारा इराकी सीमा क्षेत्रबाट हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी


३२ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दमास्कस – सिरियाले बिहीबार इराकसँगको आफ्नो सीमाबाट मिसाइलसहितको भारी हतियार बरामद गरी लेबनानको हेजबुल्लाह समूहमा हतियार तस्करी गर्ने प्रयासलाई विफल पारिएको बताएको छ ।

सिरियाको आन्तरिक मन्त्रालयको स्रोतलाई उद्धृत गर्दै साना न्यूज एजेन्सीले भनेको छ, “विशेष सुरक्षा एकाईहरूले सिरिया–इराक सीमाबाट अत्याधुनिक हतियार र मिसाइल भित्राउने प्रयासलाई रोकेका छन्।”

स्रोतले थप भनेको छ, “प्रारम्भिक अनुसन्धानबाट यो हतियार सिरिया हुँदै हेजबुल्लाह लडाकू समूहका लागि लैजान खोजिएको थियो।”

सिरियाली अधिकारीहरू हेजबुल्लाहप्रति शत्रुतापूर्ण छन् । सन् २०२४ मा राष्ट्रपति बशर अल–असद सत्ताबाट बाहिरिनु पहिले हेजबुल्लाह असदको सहयोगी थियो ।

सिरियाले यसअघि पनि इरान समर्थित हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी गर्नेगरेको थियो, तर इराकी सीमासँग सम्बन्धित यो पहिलो घोषणा हो ।यो घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियालाई लेबनानमा हेजबुल्लाहविरुद्ध हस्तक्षेप गर्न सुझाव दिएपछि आएको हो।

सन् २०२४ मा इस्लामवादी गठबन्धनले सिरियामा सत्ता लिएयता अधिकारीहरूले हेजबुल्लाहसँग जोडिएका र सिरियामा आक्रमणको तयारी गरिरहेका केही सुरक्षा इकाईहरू भत्काएको दाबी गरेका छन् । हेजबुल्लाहले यी आरोपको खण्डन गरेको छ ।

यो समूह मार्चदेखि इरानको समर्थनमा इजरायलविरुद्ध लडेको युद्धका कारण कमजोर बनेको छ ।सिरियाका राष्ट्रपति अहमद अल–शराले ट्रम्पको सुझावका बाबजुद लेबनानमा सैन्य हस्तक्षेप गर्ने कुनै इच्छा नभएको बताएका हुन् ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार  ८ : ३२ बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– विद्यार्थी संगठनले खाली सिलिन्डर र थाल–कचौरा बोकेर नेपाल आयग

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष