कार्तिक १ गतेबाट तुला राशिमा विराजमान सूर्यले अब राशि परिवर्तन गर्ने भएको छ ।
मंसिर १ गते आइतबार राति १ बजेर २३ मिनेटमा सूर्य अब वृश्चिक राशिमा प्रवेश गर्नेछ । एक महिना तुला राशिमा रहको सूर्य अबको एक महिना वृश्चिक राशिमा डेरा जमाउने छ ।
यस गोचरपछि सूर्य मंसिर ३० गतेसम्म तुला राशिमा नै रहनेछ । यसरी सूर्यले राशि परिवर्तन गरेपछि सम्पूर्ण १२ राशिमा यसको असर पर्नेछ । सूर्यको राशि परिवर्तनले कुन राशिमा कस्तो प्रभाव पार्छ त हेरौं, राशि अनुसारको जानकारी ।
मेष राशि
मेष राशिका ब्यक्तिलाई सूर्यको राशि परिवर्तनले आँखाको समस्या हुने साथै मानसम्मानमा गिरावट आउन सक्छ ।
उपाय : सूर्यको नकारात्मक प्रभावबाट बच्न सूर्य नारायणलाई बिहान नमस्कार गरी सख्खर दान गर्नुपर्छ ।
वृष राशि
वृष राशिका ब्यक्तिलाई यस अवधिमा वैवाहिक जीवनमा केही तनाव उत्पन्न हुनसक्छ । साथै आपसी साझेदारीका काममा केही गडबडी हुनसक्छ ।
उपाय : सूर्यको नकारात्मक प्रभावबाट बच्न बिहान सख्खर दानका साथै नेत्रहीन ब्यक्तिलाई गुलियो भोजन गराउनु पर्छ ।
मिथुन राशि
मिथुन राशिका ब्यक्तिलाई सूर्यको राशि परिवर्तनले रोकिएको धन फिर्ता दिलाउन सक्छ । साथै आर्थिक क्षेत्रमा समेत लाभ हुनेछ ।
उपाय : सूर्यको प्रभावबाट अझ बढी लाभ लिन ॐ घृणि सूर्याय नम: मन्त्रको २७ पटक जाप गर्ने साथै रातो फल साना बालबालिकालाई वितरण गर्नुपर्छ ।
कर्कट राशि
कर्कट राशिका ब्यक्तिलाई सूर्यको राशि परिवर्तनले लामो समयदेखि फसेको धन प्राप्त गर्ने सुर्वण मौका ल्याउने छ । साथै आपशी प्रेम सम्बन्धमा केही दुरी बनाउने छ ।
उपाय : सूर्यको प्रभावबाट अझ बढि लाभ लिन बिहान आदित्य हृदय स्तोत्र पाठ गर्नुका साथै सख्खरबाट बनेका परिकार दान गर्नुपर्छ ।
सिंह राशि
सिंह राशिका ब्यक्तिलाई सूर्यको राशि परिवर्तनले दैनिक जीवनमा केही बदलाव ल्याउने छ । साथै जागिरमा भएका समस्या हल हुने तथा प्रमोसनसमेत हुने योग बन्नेछ ।
उपाय : सूर्यको प्रभावबाट बच्न सूर्यदेवलाई नियमित नमस्कार गर्ने र विष्णु भगवानलाई पहेलो मिठाई भोग लगाई साना बालबालिकालाई वितरण गर्नुपर्छ ।
कन्या राशि
कन्या राशिका ब्यक्तिलाई सूर्यको राशि परिवर्तनले साहस, पराक्रम तथा ढृढतामा कमी ल्याउने छ । साथै कुनै महत्वपूर्ण निर्णय लिदाँ सोचेर मात्र लिनुहोला ।
उपाय : सूर्यको नकारात्मक प्रभावबाट बच्न तामाको भाडामा गहुँ र सख्खरसहित रातो फल राखेर आवश्यकता भएका ब्यक्तिलाई दान गर्नुपर्छ ।
तुला राशि
तुला राशिका ब्यक्तिलाई सूर्यको राशि परिवर्तनले वाणीद्वारा हुने काम नकारात्मक हुनेछ । साथै परिवारमा अनाहकमा कलह समेत हुनेछ ।
उपाय : सूर्यको नकारात्मक प्रभावबाट बच्न बिहान रातो फुल हनुमानजीलाई अर्पित गर्नुपर्छ । साथै नियमित हनुमान चालीसाको पाठ गर्नुपर्छ ।
वृश्चिक राशि
वृश्चिक राशिका ब्यक्तिलाई सूर्यको राशि परिवर्तनले अनावश्यक रुपमा क्रोध बढाउन सक्छ । साथै क्रोधका कारण केही असान्य विवादमा फस्ने र दाम्पत्य जीवनमा समेत फाटो आउन सक्छ ।
उपाय : सूर्यको नकारात्मक प्रभावबाट बच्न सूर्यको स्तोत्र पाठ गर्नुका साथै आवश्यकता भएका ब्यक्तिलाई गुलियो भोजन गराउनु पर्नेछ ।
धनु राशि
धनु राशिका ब्यक्तिलाई सूर्यको राशि परिवर्तनले स्वास्थ्यमा समस्या तथा चिन्ता बढाउने योग छ । साथै विदेश यात्राको समेत सम्भावना छ ।
उपाय : सूर्यको नकारात्मक प्रभावबाट बच्न सूर्य भगवानलाई तामाको कलशले जल अर्पण गर्नुपर्छ । साथै नियमित आफ्नो पिताको चरण स्पर्श गर्नुपर्छ ।
मकर राशि
मकर राशिका ब्यक्तिलाई सूर्यको राशि परिवर्तनले जागिर र व्यवसायमा लाभ मिल्ने छ । साथै सन्तान पक्षको चिन्ता समेत घटेर जानेछ ।
उपाय : सूर्यको प्रभावबाट अझ लाभ लिन आवश्यकता भएका साना नानीलाई लेखन सामग्री दान गर्नुपर्छ । साथै घरको पूर्व दिशा सफा राख्नुपर्छ ।
कुम्भ राशि
कुम्भ राशिका ब्यक्तिलाई सूर्यको राशि परिवर्तनले जागिरमा प्रमोसन हुने प्रबल योग हुनेछ । साथै घरमा सञ्चित गरेको धन खर्च हुनसक्छ ।
उपाय : सूर्यको नकारात्मक प्रभावबाट बच्न बिहान विष्णु चालीसा पाठ गरी रातो चन्दनको टिका लगाउनु पर्छ ।
मीन राशि
मीन राशिका ब्यक्तिलाई सूर्यको राशि परिवर्तनले स्वास्थ्यमा उतार चढाव ल्याउनुका साथै पैतृक सम्पतीबाट लाभ मिल्ने योग बन्नेछ ।
उपाय : सूर्यको प्रभावबाट बच्न भगवान सूर्य नारायणको १२ पटक जाप गर्नुपर्छ । साथै गहुँ र सख्खरको लड्डु बनाएर दान गर्नुपर्दछ ।
प्रतिक्रिया