अबको एक महिना सूर्य वृश्चिक राशिमा विराजमान, कुन राशिमा कस्तो प्रभाव « Khabarhub

अबको एक महिना सूर्य वृश्चिक राशिमा विराजमान, कुन राशिमा कस्तो प्रभाव


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कार्तिक १ गतेबाट तुला राशिमा विराजमान सूर्यले अब राशि परिवर्तन गर्ने भएको छ ।

मंसिर १ गते आइतबार राति १ बजेर २३ मिनेटमा सूर्य अब वृश्चिक राशिमा प्रवेश गर्नेछ । एक महिना तुला राशिमा रहको सूर्य अबको एक महिना वृश्चिक राशिमा डेरा जमाउने छ ।

यस गोचरपछि सूर्य मंसिर ३० गतेसम्म तुला राशिमा नै रहनेछ । यसरी सूर्यले राशि परिवर्तन गरेपछि सम्पूर्ण १२ राशिमा यसको असर पर्नेछ । सूर्यको राशि परिवर्तनले कुन राशिमा कस्तो प्रभाव पार्छ त हेरौं, राशि अनुसारको जानकारी ।

मेष राशि

मेष राशिका ब्यक्तिलाई सूर्यको राशि परिवर्तनले आँखाको समस्या हुने साथै मानसम्मानमा गिरावट आउन सक्छ ।

उपाय : सूर्यको नकारात्मक प्रभावबाट बच्न सूर्य नारायणलाई बिहान नमस्कार गरी सख्खर दान गर्नुपर्छ ।

वृष राशि

वृष राशिका ब्यक्तिलाई यस अवधिमा वैवाहिक जीवनमा केही तनाव उत्पन्न हुनसक्छ । साथै आपसी साझेदारीका काममा केही गडबडी हुनसक्छ ।

उपाय : सूर्यको नकारात्मक प्रभावबाट बच्न बिहान सख्खर दानका साथै नेत्रहीन ब्यक्तिलाई गुलियो भोजन गराउनु पर्छ ।

मिथुन राशि

मिथुन राशिका ब्यक्तिलाई सूर्यको राशि परिवर्तनले रोकिएको धन फिर्ता दिलाउन सक्छ । साथै आर्थिक क्षेत्रमा समेत लाभ हुनेछ ।

उपाय : सूर्यको प्रभावबाट अझ बढी लाभ लिन ॐ घृणि सूर्याय नम: मन्त्रको २७ पटक जाप गर्ने साथै रातो फल साना बालबालिकालाई वितरण गर्नुपर्छ ।

कर्कट राशि

कर्कट राशिका ब्यक्तिलाई सूर्यको राशि परिवर्तनले लामो समयदेखि फसेको धन प्राप्त गर्ने सुर्वण मौका ल्याउने छ । साथै आपशी प्रेम सम्बन्धमा केही दुरी बनाउने छ ।

उपाय : सूर्यको प्रभावबाट अझ बढि लाभ लिन बिहान आदित्य हृदय स्तोत्र पाठ गर्नुका साथै सख्खरबाट बनेका परिकार दान गर्नुपर्छ ।

सिंह राशि

सिंह राशिका ब्यक्तिलाई सूर्यको राशि परिवर्तनले दैनिक जीवनमा केही बदलाव ल्याउने छ । साथै जागिरमा भएका समस्या हल हुने तथा प्रमोसनसमेत हुने योग बन्नेछ ।

उपाय : सूर्यको प्रभावबाट बच्न सूर्यदेवलाई नियमित नमस्कार गर्ने र विष्णु भगवानलाई पहेलो मिठाई भोग लगाई साना बालबालिकालाई वितरण गर्नुपर्छ ।

कन्या राशि

कन्या राशिका ब्यक्तिलाई सूर्यको राशि परिवर्तनले साहस, पराक्रम तथा ढृढतामा कमी ल्याउने छ । साथै कुनै महत्वपूर्ण निर्णय लिदाँ सोचेर मात्र लिनुहोला ।

उपाय : सूर्यको नकारात्मक प्रभावबाट बच्न तामाको भाडामा गहुँ र सख्खरसहित रातो फल राखेर आवश्यकता भएका ब्यक्तिलाई दान गर्नुपर्छ ।

तुला राशि

तुला राशिका ब्यक्तिलाई सूर्यको राशि परिवर्तनले वाणीद्वारा हुने काम नकारात्मक हुनेछ । साथै परिवारमा अनाहकमा कलह समेत हुनेछ ।

उपाय : सूर्यको नकारात्मक प्रभावबाट बच्न बिहान रातो फुल हनुमानजीलाई अर्पित गर्नुपर्छ । साथै नियमित हनुमान चालीसाको पाठ गर्नुपर्छ ।

वृश्चिक राशि

वृश्चिक राशिका ब्यक्तिलाई सूर्यको राशि परिवर्तनले अनावश्यक रुपमा क्रोध बढाउन सक्छ । साथै क्रोधका कारण केही असान्य विवादमा फस्ने र दाम्पत्य जीवनमा समेत फाटो आउन सक्छ ।

उपाय : सूर्यको नकारात्मक प्रभावबाट बच्न सूर्यको स्तोत्र पाठ गर्नुका साथै आवश्यकता भएका ब्यक्तिलाई गुलियो भोजन गराउनु पर्नेछ ।

धनु राशि

धनु राशिका ब्यक्तिलाई सूर्यको राशि परिवर्तनले स्वास्थ्यमा समस्या तथा चिन्ता बढाउने योग छ । साथै विदेश यात्राको समेत सम्भावना छ ।

उपाय : सूर्यको नकारात्मक प्रभावबाट बच्न सूर्य भगवानलाई तामाको कलशले जल अर्पण गर्नुपर्छ । साथै नियमित आफ्नो पिताको चरण स्पर्श गर्नुपर्छ ।

मकर राशि

मकर राशिका ब्यक्तिलाई सूर्यको राशि परिवर्तनले जागिर र व्यवसायमा लाभ मिल्ने छ । साथै सन्तान पक्षको चिन्ता समेत घटेर जानेछ ।

उपाय : सूर्यको प्रभावबाट अझ लाभ लिन आवश्यकता भएका साना नानीलाई लेखन सामग्री दान गर्नुपर्छ । साथै घरको पूर्व दिशा सफा राख्नुपर्छ ।

कुम्भ राशि

कुम्भ राशिका ब्यक्तिलाई सूर्यको राशि परिवर्तनले जागिरमा प्रमोसन हुने प्रबल योग हुनेछ । साथै घरमा सञ्चित गरेको धन खर्च हुनसक्छ ।

उपाय : सूर्यको नकारात्मक प्रभावबाट बच्न बिहान विष्णु चालीसा पाठ गरी रातो चन्दनको टिका लगाउनु पर्छ ।

मीन राशि

मीन राशिका ब्यक्तिलाई सूर्यको राशि परिवर्तनले स्वास्थ्यमा उतार चढाव ल्याउनुका साथै पैतृक सम्पतीबाट लाभ मिल्ने योग बन्नेछ ।
उपाय : सूर्यको प्रभावबाट बच्न भगवान सूर्य नारायणको १२ पटक जाप गर्नुपर्छ । साथै गहुँ र सख्खरको लड्डु बनाएर दान गर्नुपर्दछ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  २ : ३९ बजे

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन

मध्यपूर्व तनावबीच लेबनान-इजरायलबीच रोममा नयाँ वार्ता

रोम– अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच मंगलबार इटालीको राजधानी रोममा

सरकारलाई सभामुखको निर्देशन- मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्नू

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले मनसुनजन्य घटनाको प्रभावकारी पूर्वतयारी गर्न सरकारलाई

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत

चितवन– जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत

‘सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि कोशेढुंगा’

काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो