भारतीय संसद्सम्मै ककरोचका समर्थकको प्रदर्शन, शीर्ष नेता अभिजीतलाई प्रहरीले नियन्त्रणमा लिएको दाबी « Khabarhub

भारतीय संसद्सम्मै ककरोचका समर्थकको प्रदर्शन, शीर्ष नेता अभिजीतलाई प्रहरीले नियन्त्रणमा लिएको दाबी


४ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली : ककरोच जनता पार्टी (सीजेपी) को आयोजनामा भएको प्रदर्शनका क्रममा सोमबार युवाहरू भारतीय संसद् परिसम्म पुगेका छन् ।

उनीहरूले प्रदर्शनका क्रममा आफ्ना नेता अभिजीत दीपकेलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेका छन्। तर, प्रहरीले भने उक्त दाबी अस्वीकार गरेको छ।

सोमबार सीजेपी समर्थकहरू संसद भवन नजिक पुगेपछि प्रदर्शन उग्र बनेको थियो। केही प्रदर्शनकारीले संसद परिसरमा प्रवेश गर्ने प्रयास गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। मुख्य प्रवेशद्वार बन्द गरिएको छ भने संसद् भवन वरपर सुरक्षाकर्मीको संख्या बढाइएको छ।

प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो, जसपछि भीड तितरबितर भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनाका बेला प्रधानमन्त्रीसहित सांसदहरू संसदभित्र उपस्थित थिए।

यसअघि बिहान प्रदर्शनकारीहरू राजीव चौक र मण्डी हाउस मेट्रो स्टेशनसम्म पुगेका थिए। केहीले सुरक्षा बार तोडेर पार्लियामेन्ट स्ट्रीट प्रहरी कार्यालयसम्म पुग्ने प्रयास गरेका थिए।

प्रहरी स्रोतका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई पुनः भेला हुन नदिन प्रदर्शनस्थलबाट टाढाका विभिन्न स्थानमा लगिएको छ। उनीहरूलाई चेतावनी दिएपछि छाड्ने तयारी गरिएको छ भने उनीहरूको आपराधिक पृष्ठभूमिसमेत जाँच गरिने बताइएको छ।

यता सीजेपीले प्रहरी कारबाहीका क्रममा गीतााञ्जलीजीमाथि दुर्व्यवहार भएको, उनका कपाल तानिएको तथा झडपमा १२ वर्षीया एक बालिकाको टाउकोमा चोट लागेको आरोप लगाएको छ।

उता दिल्ली प्रहरीले भने प्रदर्शनकारीहरूले ढुंगामुढा गरेकाले पार्लियामेन्ट स्ट्रीट नजिकको झडपमा एक सब–इन्स्पेक्टर घाइते भएको दाबी गरेको छ। प्रहरीका अनुसार उनी ब्यारेकेडमा खटिएका बेला प्रदर्शनकारीको ढुंगामुढाबाट घाइते भएका हुन्।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  ३ : ५६ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ