सोनम वाङ्चुकलाई तुरुन्तै मेदान्ता अस्पताल सार्नू : दिल्ली उच्च अदालत « Khabarhub

सोनम वाङ्चुकलाई तुरुन्तै मेदान्ता अस्पताल सार्नू : दिल्ली उच्च अदालत


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दिल्ली उच्च अदालतले लामो समयदेखि अनसन बसिरहेका भारतका सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई तुरुन्तै उनकै रोजाइको मेदान्ता अस्पतालमा सार्न आदेश दिएको छ ।

न्यायाधीशहरु देवेन्द्र कुमार उपाध्याय र तेजस कारियाको संयुक्त इजलासले वाङ्चुकलाई तुरुन्तै उनकै रोजाइको मेदान्ता अस्पताल स्थानान्तरण गर्न आदेश गरेको हो ।

अदालतले मेदान्ता अस्पताललाई डाक्टरहरूको एउटा विशेषज्ञ टोली गठन गरी उनको उपचार सुरु गर्न पनि निर्देशन सुनाएको छ । अदालतले अहिलेसम्मका सम्पूर्ण मेडिकल रिपोर्ट पनि सो टोलीलाई बुझाउन आग्रह गरेको छ ।

मुद्दाको सुनुवाइका क्रममा सरकारका तर्फबाट उपस्थित सोलिसिटर जनरलले वाङ्चुकलाई मेदान्ता अस्पताल लैजान सरकारको कुनै आपत्ति नरहेको स्पष्ट पारेका थिए । तर, सरकारले डाक्टरहरूको सल्लाहविपरीत उनलाई अस्पतालबाट डिस्चार्ज हुन नदिइने शर्त अघि सारेको छ ।

सोलिसिटर जनरलका अनुसार वाङ्चुकका आसपासका केही व्यक्तिहरूले उनलाई समयअगावै अस्पतालबाट बाहिर निकाल्ने प्रयास गरिरहेका छन् । यसबाट वाङ्चुकको सुरक्षामा असर पर्न सक्ने उनको तर्क छ ।

उच्च अदालतले वाङ्चुकको हालसम्मको मेडिकल रिपोर्ट र डाक्टरहरूसँगको छलफल पछि उनको स्वास्थ्यमा निरन्तर निगरानी आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ३ : २६ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ