भारतमा ककरोचको आन्दोलन जारी, राहुलले भने, ‘प्रधानमन्त्री मोदी र गृहमन्त्रीले पनि राजीनामा दिऊन्’ « Khabarhub

भारतमा ककरोचको आन्दोलन जारी, राहुलले भने, ‘प्रधानमन्त्री मोदी र गृहमन्त्रीले पनि राजीनामा दिऊन्’


५ श्रावण २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै कक्रोच जनता पार्टी (सीजेपी) ले नयाँदिल्लीको जन्तर–मन्तरमा जारी राखेको आन्दोलनका बीच संस्थापक अभिजीत दीपकेले सरकारमाथि विद्यार्थीलाई दमन गरेको आरोप लगाएका छन्।

दीपकेले भने, ‘हामी आज संसद मार्च निकालिरहेका छैनौँ, किनभने यो सरकार र प्रहरीले विद्यार्थीको रगत बगाएको छ। उनीहरूलाई विद्यार्थीको कुनै चिन्ता छैन, तर हामीलाई छ।’

यसैबीच, सामाजिक अभियन्ता सोनम वाङ्चुक २४औँ दिन पनि आमरण अनशनमा छन्। सोमबार उनले प्रहरीको ‘बर्बरता’ देखेपछि आफ्नो अनशन जारी राख्ने बताएका थिए।

यता, दिल्ली उच्च अदालतले मंगलबार वाङ्चुकलाई उपचारका लागि मेदान्ता अस्पताल सार्न आदेश दिएको छ।

अदालतले उनको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली गठन गर्न पनि अस्पताललाई निर्देशन दिएको हो। यो आदेश उनकी पत्नी गीताञ्जली आङ्मोले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै जारी गरिएको हो।

उता, कांग्रेस सांसदहरूले विपक्षी नेता राहुल गान्धीको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास ७ लोक कल्याण मार्गअगाडि धर्ना सुरू गरेका छन्।

राहुलले सामाजिक सञ्जाल एक्समा लेख्दै विद्यार्थीमाथि भएको दमनबारे प्रधानमन्त्री नरेन्द्र मोदीसँग जवाफ माग्न प्रधानमन्त्री निवाससम्म मार्च गरिएको बताएका छन्। उनले सरकारले यस विषयमा न त जिम्मेवारी लिन चाहेको, न संसदमा छलफल गर्न चाहेको आरोप लगाए।

राहुलले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानसँगै प्रधानमन्त्री मोदी र गृहमन्त्रीले पनि राजीनामा दिएर विद्यार्थीसँग माफी माग्नुपर्ने माग गरेका छन्। उनले पेपर लिक प्रकरणमा स्पष्ट जवाफदेहिता तय हुनुपर्ने पनि बताएका छन्।

यसैबीच, प्रधानमन्त्री मोदीले पहिलोपटक नीट पेपर लिक प्रकरणबारे प्रतिक्रिया दिएका छन्। एनडीए संसदीय दलको बैठकमा उनले पेपर लिकको विषयमा राजनीति नगर्न आग्रह गर्दै दोषीलाई कडा कारबाही गरिने बताएका हुन्।

प्रधानमन्त्रीको भनाइ केन्द्रीय संसदीय कार्यमन्त्री किरेन रिजिजूमार्फत सार्वजनिक गरिएको थियो। सोमबार भएको ‘संसद चलो’ मार्चका क्रममा प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गर्दा धेरै विद्यार्थी तथा युवा घाइते भएका थिए।

प्रकाशित मिति : ५ श्रावण २०८३, मंगलबार  ४ : ३५ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना