राजनीति Archives | Page 1439 of 2040 | Khabarhub Khabarhub

कर्णालीको कानून मन्त्रीमा एकीकृत समाजवादीका शाही नियुक्त

सुर्खेत– कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही नियुक्त भएका छन् । समाजवादी संसदीय दलका नेतासमेत रहेका शाहीलाई मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । शाहीले केही बेरमै शपथ लिने कार्यक्रम छ ।