Khabarhub

वनक्षेत्र अतिक्रमण गरी बनाइएको भवनमा डोजर चल्यो

सिरहा – सिरहाको गोलबजार नगरपालिका–९ स्थित चोहर्वामा वन क्षेत्र अतिक्रमण गरी बनाइएको चारकोठे पक्की भवन डिभिजन वन कर्यालय लहान, सिरहाले भत्काएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्गको दक्षिणतर्फ स्थानीय सत्यदेव यादवले सरकारी नाप, नक्सा तथा दर्ता भएको वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएको भवन मङ्गलबार भत्काइए डिभिजन वन कार्यालय लहानका प्रमुख सुजीतकुमार झाले जानकारी दिए ।…