Khabarhub

समृद्ध प्रदेश निर्माणमा इमानदारीपूर्वक काम गरेँ : मुख्यमन्त्री पाण्डे

कास्की– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको नेतृत्व समालेपछि प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउन इमानदारीपूर्वक काम गरेको बताएका छन् ।  प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष राजीनामा बुझाएपछि आज सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सुशासनको प्रत्याभूति दिन सरकार सफल भएको र कामको आत्मसन्तुष्टि मिलेको बताए। पाण्डेले भने, 'एघार महिने कार्यकालको अनुभवबाट आगामी वर्षको नीति तथा…