Khabarhub

७ चैतमा शिक्षा, स्वास्थ्य प्रविधि समितिको निर्वाचन हुने

काठमाडौं– ७ चैतमा  शिक्षा, स्वास्थ्य प्रविधि समितिको निर्वाचन हुने भएको छ ।  प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको निर्वाचन ७ चैतमा हुने भएको बताइएको छ ।  सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभापति निर्वाचनको मिति तय भएको जानकारी गराइएको हो ।  समितिको सभापति रहेका भानुभक्त जोशी मन्त्री बनेपछि  उक्त समितिको सभापति रिक्त छ ।