समाचार Archives | Page 2424 of 8265 | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जापानसँग जर्मनी पराजित

काठमाडौँ– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली मुलुक जापानले जर्मनीमाथि सानदार जित निकालेको छ ।  जर्मनीस्थित वल्फ्सबर्गको घरेलु मैदानमा गएराति भएको खेलमा जर्मनीलाई ४–१ ले गोलले हराउँदै जापान विजयी भएको हो । जापानको जितमा जुन्या इतो, अयस उइदा, ताकुमा असानो र आओ तनाकाले एक–एक गोल गरेका थिए । जर्मनीको लागि लेरोए सानेले एक गोल फर्काएका थिए ।