Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, चल्ने–नचल्ने एमालेमा निर्भर

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ । यसअघिका बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण स्थगित हुँदै आएका छन् । एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति नबनेसम्म संसद चल्न नदिने अडान लिँदै आएका कारण आज पनि बैठक चल्ने सम्भावना न्यून…