Khabarhub

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी  दिने समय आज सकिँदै 

काठमाडौँ– संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध कुनै गुनासो भए उजुरी दिने समय आज सकिँदैछ । जेठ १६ गते बसेको संसदीय सुनुवाइ समितिको बैठकले कार्की विरुद्ध उजुरी भए आज (जेठ २६ गते) दिउँसो ३ बजेसम्म उजुरी दिन आह्वान गरेको थियो । समितिमा अहिलेसम्म १९ वटा उजुरी परेका छन् । जसमा बहालवाला जिल्ला न्यायाधीश, पाँच कानून…