Khabarhub

सरिता गिरी साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासित

काठमाडौं – नेतृ सरिता गिरीलाई समाजवादी पार्टीले निष्कासन गरेको छ । पार्टीले निष्कासन गरेपछि उनको सांसद पद पनि गएको छ । मंगलबार बसेको पार्टी पदाधिकारीको बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो । पार्टीका महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको ३ सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।…