Khabarhub

अझै नियन्त्रणमा आएन डेंगु : काठमाडौंवासीलाई सजग आग्रह

काठमाडौं-पूर्वीतराईमा डेंगु नियन्त्रणको प्रयास पूर्ण रूपमा सफल नहुँदा काठमाडौं उपत्यकासमेत डेंगुको उच्च जोखिममा रहेको चिकित्सकले बताएका छन्। धरान, विराटनगर, इटहरी र झापालगायत क्षेत्रमा एक महिनायता सात सय ६९ बिरामीमा डेंगु पुष्टि भएको छ। सो क्षेत्रमा डेंगु केही हदसम्म नियन्त्रणमा भए पनि निर्मूल नभएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा कीट नियन्त्रण शाखा प्रमुख घनश्याम पोखरेलले बताएको…