Khabarhub

नवलपरासी १ मा विनोद चौधरीको अग्रता, हृदयेश त्रिपाठी दोस्रो स्थानमा

काठमाडौं – नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धन साझा उम्मेदवार रहेको काँग्रेस नेता विनोद चौधरीले दुई हजार दुई सय ३० मत ल्याएका छन्। उनलाई जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीले एक हजार ६ सय ६४ मतसहित पछ्याइरहेका छन्। हृदयेशलाई नेकपा एमालेले समर्थन जनाएको थियो।…