Khabarhub

विद्या भण्डारी भन्छिन्- एमाले महाधिवेशन निर्णायक मोड हो, प्रतिनिधि चयनमा सजगता अपनाऔं

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन निर्णायक मोड भएकाले प्रतिनिधि चयनमा सजगता अपनाउनुपर्ने बताएकी छन् । सामाजिक सञ्जालमार्फत् महाधिवेशनको पूर्वसन्ध्यामा शुभकामना दिँदै उनले यस्तो बताएकी हुन् । उनले सामाजिक सञ्जालमार्फत पार्टी परिवारलाई सम्बोधन गर्दै महाधिवेशनलाई विद्यमान राजनीतिक परिस्थितिमा पार्टीलाई अगाडि बढाउने निर्णायक मोड भनेकी छन्। भण्डारीले महाधिवेशनले नीतिगत र नेतृत्वगत दिशानिर्देश…