Khabarhub

टिकटकको प्रतिबन्ध फुकुवापछि सञ्चारमन्त्रीले भने : सामाजिक सञ्जालले मौलिक अधिकार सुदृढ बनाउँछ

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको विकास, विस्तार र बढ्दो पहुँचले स्वतन्त्र रूपमा विचार अभिव्यक्त गर्ने तथा सूसुचित हुने नागरिकको मौलिक अधिकारलाई सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । आजदेखि औपचारिक रुपमा टिकटकमाथिको प्रतिबन्ध हटाइएको सन्दर्भमा प्रेस नोट जारी गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले टिकटकलगायतका सामाजिक सञ्जाल…