Khabarhub

नेकपा कार्यकर्ताको आक्रमणबाट बाँके कांग्रेस सभापतिको हात भाँचियो

बाँके– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध युवाहरुले आक्रमण गर्दा नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाको हात भाँचिएको छ। बाँकेको खजुरा गाउँपालिका–२, सीतापुरमा चलिरहेको जागरण अभियानमा नेकपा सम्बद्ध युवाहरु आएर बिथोल्ने र हातपात गर्दा कांग्रेस सभापति कोइरालाको बायाँ हात भाँचिएको कांग्रेस बाँकेका उपसभापति सुनिलनरसिंह राणाले बताए। कार्यक्रम चलिरहेको बेलामा गुण्डागर्दी शैलीमा आएका युवाहरुले आक्रमण गरे, त्यसक्रममा…