Khabarhub

बागमती प्रदेशको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका’ स्वीकृत

चितवन– बागमती प्रदेश सरकारले ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत गरेको हो । निर्देशिका स्वीकृत भएसँगै बागमती प्रदेशका प्रत्येक मन्त्रालयले गर्ने विकास निर्माणलगायत सबै काममा मानव स्वास्थ्यलाई विशेष ख्याल राख्नुपर्ने भएको छ ।  स्वास्थ्यमन्त्री उत्तम जोशीले ‘सबै नीतिमा स्वास्थ्य नीति’ लागू गर्ने योजनाले सार्थक रूप…