समाचार Archives | Page 5919 of 8349 | Khabarhub Khabarhub

डुम्रे–बेँसीशहर सडक एकतर्फी सञ्चालन

दमौली- सोमबार राति परेको वर्षापछि गएको पहिराले अवरुद्ध डुम्रे–बेँसीशहर सडकखण्ड एकतर्फी सुचारु भएको छ । तनहुँको भानु नगरपालिका–८ स्थित पाँचसय फाँटमा पहिरा जाँदा अवरुद्ध भएको सडकखण्ड आज बिहानदेखि एकतर्फी सञ्चालनमा आएको हो । सडकभन्दा माथिको ढिस्को खसेर लेदोसहितको पहिराले सडकखण्ड अवरुद्ध हुँदा सवारीसाधन रोकिएका थिए । उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएपछि रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको…