Live on
Your Voice, Your Power
काठमाडौँ- सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रमुख मोहनराज मल्लको निधन भएको छ । कोरोना संक्रमणले उनको आज काठमाडौंको निदान अस्पतालमा निधन भएको परिवारजनले जनाएका छन् । निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको आजै अन्त्येष्टि गरिने जनाइएको छ । नेपाली कांग्रेसको सरकारले उनलाई २०७४ माघ ३ मा सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।